News Summary
Generated by OK AI. Editorially reviewed.- चितवन क्षेत्र नम्बर १ को मतगणना राप्ती नगरपालिका वडा नम्बर १३ बाट सुरु भएको छ।
- बिहीबार भएको निर्वाचनमा चितवन(१ मा ९६ हजार १ सय ५४ मतदाता सहभागी भएका छन्।
- यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल, नेपाली कांग्रेसका राजेन्द्र बुर्लाकोटी लगायतका उम्मेदवार छन्।
२२ फागुन, भरतपुर । चितवन क्षेत्र नम्बर १ को मतगणना भरखरै सुरु भएको छ ।
राप्ती नगरपालिका वडा नम्बर १३ बाट गणना सुरु भएको हो । बिहीबार भएको निर्वाचनमा चितवन(१ मा ९६ हजार १ सय ५४ मतदान भएको छ ।
यो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरि ढकाल, नेपाली कांग्रेसबाट राजेन्द्र बुर्लाकोटी, नेकपा एमालेबाट दावा लामा, नेपाली कम्युनिस्ट पार्टीबाट डा. कृष्णराज पन्त, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बलराम खनाल लगायत उम्मेदवार छन् ।
यो निर्वाचन क्षेत्रमा चितवनका तीन पालिकाहरू राप्ती, खैरहनी र रत्ननगर पर्दछन् । २०७९ मा भएको निर्वाचनमा चितवन(१ बाट रास्वपाका हरि ढकाल विजयी भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4