News Summary
Generated by OK AI. Editorially reviewed.- गोरखामा २३ मतदान केन्द्रको मतपेटिका संकलन हुन बाँकी छ, मुख्य निर्वाचन अधिकृतले भौगोलिक बिकटताका कारण हेलिबाट ढुवानी गर्नुपर्ने बताए।
- गोरखा १ का मतदान केन्द्रबाट मतपेटिका ढुवानी हुन बाँकी छ भने गोरखा २ का सबै मतपेटिका मतगणना स्थलमा आइसकेको छ।
- गोरखामा २२५ मतदान स्थल र ३३१ मतदान केन्द्रमा २ लाख २९ हजार ५८ मतदाता रहेका छन् र सर्वदलिय बैठकले मतगणना सुरु गर्ने निर्णय गर्नेछ।
२२ फागुन, गोरखा । गोरखामा २३ वटा मतदान केन्द्रको मतपेटिका संकलन भइसकेको छैन । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाका केन्द्रबाट मतपेटिका ढुवानी हुन बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
भौगोलिक बिकटता कारण ती मतपेटिका हेलिबाट ढुवानी गर्नुपर्ने मुख्य निर्वाचन अधिकृत बिष्णुप्रसाद गौतमले बताए । ‘ती मतपेटिका लिन आज हेलि उड्छ,’ उनले भने, ‘बाँकी सबै मतदान केन्द्रको मतपेटिका हिजो राती नै आइसक्यो ।’
मतपेटिका ढुवानी हुन बाँकी रहेका मतदान केन्द्रहरु गोरखा १ मा पर्छन् । गोरखा २ को भने सबै मतपेटिका मतगणना स्थलसम्म आइसकेको गौतमले जानकारी दिए । ‘गोरखा २ को मतगणना सुरु गर्दै गर्ने की भन्ने पनि छ, दश बजे सर्वदलिय बैठक बसेर निर्णय गर्छाै,’ उनले भने । बिहीवार सम्पन्न निर्वाचनका लागि गोरखामा २२५ मतदान स्थल र ३३१ मतदान केन्द्र निर्धारण गरिएको थियो । कुल मतदाता भने २ लाख २९ हजार ५८ कायम थिए ।
प्रतिक्रिया 4