News Summary
Generated by OK AI. Editorially reviewed.- गोरखा–२ को प्रारम्भिक मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १ हजार ५७१ मत प्राप्त गरी अग्रता लिएका छन्।
- नेपाली कम्युनिष्ट पार्टीका लेखनाथ न्यौपानेले ४०९ मत ल्याएका छन् भने कांग्रेसका प्रकाशचन्द्र दुवाडीले ३६१ मत प्राप्त गरेका छन्।
- गोरखा नगरपालिकाको वडा नम्बर ११ र १२ को मतगणना भईरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
२२ फागुन, गोरखा । गोरखा–२ को प्रारम्भिक मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले फराकिलो मतान्तरले अग्रता लिएका छन् । कुल २ हजार ६१६ मत गणना हुँदा उनले १ हजार ५७१ मत प्राप्त गरेका छन् ।
उनलाई पछ्याउँदै गरेका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का लेखनाथ न्यौपानेले ४०९ मत ल्याएका छन् । कांग्रेसका प्रकाशचन्द्र दुवाडीको ३६१ मत आएको छ ।
एमालेका चक्रे मिलन गुरुङले भने ११० मत प्राप्त गर्दै चौथो स्थानमा छन् । गोरखा नगरपालिकाको वडाबाट मत गणना सुरु गरिएको हो । हालसम्म वडा नम्वर ११ र १२ को मतगणना भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4