+
+
Shares

रौतहट-३ मा रास्वपाका रविन्द्र पटेल विजयी, भत्कियो प्रभु साहको गढ

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २४ गते १३:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रौतहट क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रविन्द्र पटेल २७ हजार ३१८ मत ल्याएर विजयी भएका छन्।
  • रास्वपाका पटेलले निकटतम प्रतिस्पर्धी जनता समाजवादीका गोविन्द चौधरीलाई १५ हजार ३६४ मतान्तरले पराजित गरेका छन्।
  • रौतहटका चार निर्वाचन क्षेत्रमध्ये ३ मा रास्वपा र १ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

२४ फागुन, रौतहट । रौतहट क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रविन्द्र पटेल विजयी भएका छन् ।

२७ हजार ३१८ मत ल्याएर उनी विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी जनता समाजवादीका गोविन्द चौधरीलाई उनले १५ हजार ३६४ मतान्तरले पराजित गरेका हुन् । चौधरीले ११ हजार ९५४ मत ल्याए ।

त्यस्तै आम जनता पार्टीका प्रभु साहले ९ हजार ८९० तथा एमालेका कुन्दन प्रसाद कुशवाहाले ६ हजार ६०५ मत ल्याए ।

योसँगै रौतहट जिल्लाका चारै निर्वाचन क्षेत्रको मतपरिणाम आएको छ । ४ निर्वाचन क्षेत्रमध्ये ३ वटामा रास्वपा र एउटा क्षेत्र २ नम्बरमा नेपाली कांग्रेसका उम्मेदवारले विजयी हासिल गरेका छन् ।

१८ वर्ष देखि प्रतिनिधिसभा सदस्य जित्दै आएका आम जनता पार्टीका अध्यक्ष रहेका प्रभु साह यस पटक तेस्रोपटक स्थानमा सीमित भएका छ्न् । रौतहट क्षेत्र नम्बर ३ लाई प्रभु साहको पकड क्षेत्रका रूपमा लिने गरिन्थ्यो । यसपटक भने मतदाताले नयाँ विकल्प रोज्दै रास्वपाका उम्मेदवार पटेललाई विजयी बनाएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?