+
+
Shares

हर्कको स्टाटसमा बालेनको कमेन्ट- तपाईँलाई सधैँ माया छ

भदौको जेनजी विद्रोहयता भने हर्कले बालेनको आलोचना गर्दै आएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २४ गते १४:१९

२४ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)ले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई(साम्पाङ)लाई आफ्नो सधैँ माया रहने प्रतिक्रिया दिएका छन् ।

आइतबार सुनसरी–१ मा विजयी भएपछि हर्कले आफू पहिलो भएको खुसी फेसबुकमा उल्लेख गरेका थिए । ‘लु अब चाहीँ सुनसरी–१ बाट म पहिलो भएको घोषणा गर्दछु । जय माटो, जय देश, जय श्रम संस्कृति,’ हर्कले लेखेका छन् ।

जसको कमेन्टमा आएर बालेनले प्रतिक्रिया जनाउँदै लेखेका छन्, ‘तपाईँलाई सधैँ माया थियो । छ र रहन्छ । तपाईँ र धरानलाई सधैँ माया छ ।’

२०७९ को स्थानीय तह निर्वाचनमा बालेन र हर्क दुवै स्वतन्त्रबाट ‘लौरो’ चुनाव चिन्ह लिएर लडेका थिए । जसमा बालेन काठमाडौं महानगरको मेयरमा निर्वाचित हुँदा हर्क धरान उपमहानगरपालिकाको मेयर जितेका थिए ।

त्यसपछि दुवैजनाबीच सुमधर सम्बन्ध भएको देखिन्थ्यो । तर, भदौको जेनजी विद्रोहयता भने हर्कले बालेनको आलोचना गर्दै आएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?