+
+
Shares

आज बिहान साढे ८ बजेसम्मको समानुपातिक मतको आधारमा कुन दलले कति सिट थपे ?

आज बिहान साढे ८ बजेसम्म १ करोड ३ लाख ४४ हजार ९५२ समानुपातिक मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाली कांग्रेसभन्दा तेब्बर बढी मत पाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २६ गते ८:४२

२६ फागुन, काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ को प्रत्यक्षतर्फको मतगणना सम्पन्न भइसके पनि समानुपातिकतर्फको मतगणना भने जारी छ ।

आज बिहान साढे ८ बजेसम्म १ करोड ३ लाख ४४ हजार ९५२ समानुपातिक मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाली कांग्रेसभन्दा तेब्बर बढी मत पाएको छ ।

झन्डै ५० लाख मत पाइसकेको रास्वपा पहिलो, नेपाली कांग्रेस दोस्रो, नेकपा एमाले तेस्रो, नेपाल कम्युनिस्ट पार्टी चौथो, राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचौं र श्रम संस्कृति पार्टी छैटौं स्थानमा छन् ।

प्रत्यक्ष मतदानमा कम्तीमा एक सीट जित्ने दलहरूले समानुपातिकतर्फ कुल सदर मतको कम्तीमा तीन प्रतिशत मत (थ्रेसहोल्ड) कटाएपछि मात्र समानुपातिक मत प्रणालीबाट सीट पाउँछन् ।

कसले कति सिट थप्ने सम्भावना छ ?

प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले बिहान साढे ८ बजेसम्म समानुपातिकतर्फ ४९ लाख ६७ हजार ४३ मत पाएको छ । यस आधारमा रास्वपाले समानुपातिक मतबाट मात्रै ५८ सिट थप्ने सम्भावना छ ।

प्रत्यक्षमा १८ सिट जितेर दोस्रो भएको नेपाली कांग्रेसले समानुपातिकतर्फ १६ लाख ८४ हजार १७५ मत पाएको छ । कांग्रेसले समानुपातिक मतबाट थप १९ सिट पाउने सम्भावना छ ।

यसैगरी प्रत्यक्षमा ९ सिट जितेको नेकपा एमालेले समानुपातिकतर्फ १४ लाख २४७ मत पाएको छ । एमालेले समानुपातिक मतबाट १६ सिट थप्ने सम्भावना छ ।

प्रत्यक्षमा ७ सिट जितेको नेपाल कम्युनिस्ट पार्टीले समानुपातिकतर्फ ७ लाख ६१ हजार ६८० मत पाएको छ । उसले समानुपातिक मतबाट थप ९ सिट पाउने सम्भावना छ ।

चार महिना अघि मात्रै स्थापना भएर पनि प्रत्यक्षमा ३ सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिकमा ३ लाख ४९ हजार १४० मत पाएको छ । थ्रेसहोल्ड नाघेर राष्ट्रिय पार्टीको मान्यता पाएको श्रम संस्कृतिले समानुपातिक मतबाट ४ सिट थप्ने सम्भावना छ ।

यसैगरी प्रत्यक्षमा एक सिट जितेको राप्रपाले समानुपातिकमा ३ लाख २३ हजार ५३५ मत प्राप्त गरेको छ र ऊ पनि राष्ट्रिय पार्टी बन्न सफल भएको छ । हालसम्मको समानुपातिक मतको आधारमा राप्रपाले पनि ४ सिट थप पाउने सम्भावना देखिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?