News Summary
Generated by OK AI. Editorially reviewed.- दक्षिण अफ्रिकाका पूर्वक्रिकेटर ग्यारी कर्स्टनलाई श्रीलंका क्रिकेटले दुई वर्षका लागि पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
- कर्स्टनले १५ अप्रिल २०२६ देखि जिम्मेवारी सम्हाल्नेछन् र सनथ जयसूर्याको स्थान लिएका हुन्।
- उनको मुख्य लक्ष्य २०२७ को क्रिकेट विश्वकप हुनेछ जुन दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा आयोजना हुनेछ।
२६ फागुन, काठमाडौं । दक्षिण अफ्रिकाका पूर्वक्रिकेटर ग्यारी कर्स्टन श्रीलंकाको पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। श्रीलंका क्रिकेटले उनलाई दुई वर्षका लागि नियुक्त गरेको पुष्टि गरेको छ। उनले १५ अप्रिल २०२६ देखि जिम्मेवारी सम्हाल्नेछन्।
कर्स्टनले सनथ जयसूर्याको स्थान लिएका हुन्। जयसूर्याले आईसीसी टी–२० विश्वकप २०२६ को सुपर–८ चरणबाट श्रीलंका बाहिरिएपछि पदबाट राजीनामा दिएका थिए। सो प्रतियोगितामा कर्स्टन नामिबिया टोलीका परामर्शदाता पनि थिए।
कर्स्टनले आफ्नो अन्तर्राष्ट्रिय करियरमा १०१ टेस्ट र १८५ एकदिवसीय खेलेका छन्। प्रशिक्षकका रूपमा उनले भारतलाई २०११ को एकदिवसीय विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। त्यतिबेला भारत टेस्ट वरीयतामा पनि नम्बर एक स्थानमा पुगेको थियो।
त्यसपछि उनले दक्षिण अफ्रिकाको पुरुष टोलीलाई पनि प्रशिक्षण दिएका थिए। सन् २०२४ अप्रिलमा उनलाई पाकिस्तानको ह्वाइट–बल टोलीको प्रशिक्षक बनाइएको थियो। तर बोर्ड र खेलाडीहरूसँगको मतभेदपछि उनले चाँडै पद छाडेका थिए।
फ्रेन्चाइज क्रिकेटमा पनि उनले रोयल च्यालेन्जर्स बेंगलुरु र गुजरात टाइटन्ससँग काम गरेका छन्। २०२२ मा गुजरात टाइटन्सले डेब्यु सिजनमै आईपीएल उपाधि जित्दा उनी ब्याटिङ प्रशिक्षक थिए।
श्रीलंकासँगको उनको दुई वर्षे कार्यकालमा मुख्य लक्ष्य २०२७ को क्रिकेट विश्वकप हुनेछ। उक्त विश्वकप दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा आयोजना हुने तय छ।
यसअघि श्रीलंका क्रिकेटले जेमी सिडोन्सलाई श्रीलंकाको महिला टोलीको मुख्य प्रशिक्षक पनि नियुक्त गरेको थियो।
प्रतिक्रिया 4