+
+
Shares

मध्यपूर्वमा हवाई उडान सञ्चालनको सम्भावनाबारे अध्ययन गरिने

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २६ गते १७:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • परराष्ट्र सचिव अमृत बहादुर राईको संयोजकत्वमा गठित इमरजेन्सी रेस्पोन्स टिमले मध्यूर्वी देशहरूमा हवाई उडान सञ्चालनको सम्भावनाबारे अध्ययन गर्ने निर्णय गरेको छ।
  • ईआरटीको दोस्रो बैठकले मध्यपूर्वी देशहरूमा हवाई उडान बन्द हुँदा ट्रान्जिटमा परेका नेपालीहरूको उद्धारका लागि उडान सञ्चालनको सम्भावना खोज्ने निर्णय गरेको हो।
  • परराष्ट्र मन्त्रालयले नेपाली नागरिकहरूको सुरक्षा, हित र कल्याण सुनिश्चित गर्न समन्वय र पहल निरन्तरता दिने र इमरजेन्सी कन्ट्रोल रूमबाट सहयोग उपलब्ध गराउने जनाएको छ।

२६ फागुन, काठमाडौं । मध्यूर्वी देशहरूमा हवाई उडान सञ्चालनको सम्भावनाबारे अध्ययन गरिने भएको छ ।

परराष्ट्र सचिव अमृत बहादुर राईको संयोजकत्वमा गठित इमरजेन्सी रेस्पोन्स टिम (ईआरटी) को दोस्रो बैठकले यस्तो निर्णय गरेको हो । इजरायल र अमेरिकाको आक्रमणपछि इरानले खाडी तथा मध्यपूर्वी देशहरूमा मिसाइल तथा ड्रोन आक्रमण गर्दै आएको छ ।

जसले गर्दा ती देशहरूमा रहेका नेपालीको सुरक्षा चिन्ता बढिरहेको छ । उक्त परिस्थितिका विषयमा आवश्यक निर्णय गर्न तथा सहजीकरण गर्नका लागि सरकारले परराष्ट्र सचिव राईको संयोजकत्वमा ईआरटी गठन गरेको थियो ।

ईआरटीको दोस्रो बैठकले मध्यपूर्वी देशहरूमा हवाई उडान बन्द हुँदा ट्रान्जिटमा परेका नेपालीहरू त्यही रोकिएका छन् । उनीहरूको उद्धार गरेर सम्बन्धित गन्तव्यसम्म पुर्‍याउन हवाई उडान सञ्चालनको सम्भावनाबारे अध्ययन गर्ने निर्णय भएको हो ।

बैठकमा पश्चिम एसिया क्षेत्रमा रहेका नेपाली नागरिकहरूको सुरक्षा र हित संरक्षणका विषयमा नेपाल सरकारका तर्फबाट हालसम्म भएका प्रयास तथा प्रगतिबारे समीक्षा गरिएको थियो ।

नेपाली नागरिकहरूको सुरक्षा, हित तथा कल्याण सुनिश्चित गर्न आवश्यक समन्वय र पहललाई निरन्तरता दिने समेत निर्णय गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयमा स्थापना गरिएको इमरजेन्सी कन्ट्रोल रूम र नियोगहरूसँग सम्पर्कमा आएका नेपालीहरूलाई आवश्यक सहयोग उपलब्ध गराउने विषयमा समेत छलफल भएको थियो ।

ती क्षेत्रमा विकसित परिस्थितिको सन्दर्भमा त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा तथा हित संरक्षणका लागि समग्र अवस्थाको प्रभावकारी, समन्वयात्मक र द्रुत व्यवस्थापन गर्न गठित ईआरटीले आवश्यक कार्य गरिरहेको जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?