+

नदी पर्यटन प्रवर्द्धनका लागि त्रिशूलीमा अन्तर्राष्ट्रिय राफ्टिङ तथा कायकिङ महोत्सव सुरु

२०८२ फागुन  २६ गते २२:१५ २०८२ फागुन २६ गते २२:१५
नदी पर्यटन प्रवर्द्धनका लागि त्रिशूलीमा अन्तर्राष्ट्रिय राफ्टिङ तथा कायकिङ महोत्सव सुरु

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिशूली नदीमा २४औं हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६ र ५०औं अन्तर्राष्ट्रिय हिमालयन राफ्टिङ तथा कायकिङ महोत्सव मंगलबारदेखि सुरु भएको छ।
  • नेपाल पर्यटन बोर्ड र नेपाल एशोसिएसन अफ राफ्टिङ एजेन्सिजले संयुक्त रूपमा आयोजना गरेको तीनदिने प्रतियोगितामा विभिन्न देशका खेलाडीहरूले भाग लिएका छन्।
  • प्रतियोगितामा भारत र इजरायलका टोलीसहित १३ टोलीले १० किलोमिटर राफ्ट रेसमा प्रतिस्पर्धा गर्नेछन् र विजेतालाई नगद पुरस्कार र ट्रफी प्रदान गरिनेछ।

२६ फागुन, चितवन । नेपालका हिमाली नदीहरूमा आधारित साहसिक पर्यटनलाई विश्व बजारमा थप प्रवर्द्धन गर्ने लक्ष्यसहित त्रिशूलीमा मंगलबारदेखि अन्तर्राष्ट्रिय राफ्टिङ तथा कायकिङ महोत्सव सुरु भएको छ ।

नदी, साहस र पर्यटनको संगम बनेको २४औं हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६ तथा ५०औं अन्तर्राष्ट्रिय हिमालयन राफ्टिङ तथा कायकिङ महोत्सव सुरु भएको हो । यस महोत्सवले नेपालका नदीहरूलाई साहसिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ ।

नेपाल पर्यटन बोर्ड (एनटीबी) र नेपाल एशोसिएसन अफ राफ्टिङ एजेन्सिज (नारा) को संयुक्त आयोजनामा सुरु भएको तीनदिने प्रतियोगितामा नेपालसहित विभिन्न देशका राफ्टिङ तथा कायक खेलाडीहरूले त्रिशूलीको तीव्र धारा र चञ्चल छाल पार गर्दै आफ्नो कौशल र साहस प्रस्तुत गरिरहेका छन् ।

यस वर्षको महोत्सवको पहिलो उिन कायक स्प्रिन्ट (३०० मिटर) प्रतियोगितामा कुल ५१ जना प्याडर र राफ्ट स्प्रिन्ट (३०० मिटर) मा १० टोली सहभागी भएका छन् ।

नाराका उपाध्यक्ष तथा महोत्सव संयोजक शुक्र लामसका अनुसार बुधबार कायाक क्रस (३०० मिटर) तथा राफ्ट म्यानडेटरी प्रतिस्पर्धा (१० किलोमिटर) आयोजना हुनेछ । जसमा प्रारम्भिक चरणबाट छनोट भएका ३२ जना खेलाडीले प्रतिस्पर्धामा भाग लिने महोत्सव संयोजक लामाले जानकारी दिए । प्रतियोगिताको अन्तिम दिन बिहीबार १० किलोमिटरको राफ्ट रेस आयोजना गरिनेछ, जसमा १३ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रत्येक टोलीमा चार–चार जना खेलाडी रहनेछन् ।

प्रतियोगितामा भारतका दुई टोली र इजरायलका दुई टोलीसहित विदेशी खेलाडीहरूले पनि त्रिशूलीको छालमा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितालाई अझ स्वस्थ र पारदर्शी बनाउन खेलाडीहरूको समय मापनका लागि टाइम–चिप प्रणाली प्रयोग गरिएको छ।

नाराका अध्यक्ष कमल बहादुर ठकुरीले यो वर्षको महोत्सवलाई विशेष ऐतिहासिक अवसरका रूपमा लिएको बताए। उनका अनुसार यो वर्षको महोत्सव ‘सिल्भर जुबिली’को रूपमा मनाइँदैछ ।

उनले भने, ‘यो केवल खेलकुद प्रतियोगिता मात्र होइन, नेपालको नदी पर्यटन, साहसिक संस्कृति र सहभागीहरूको पहिचानसँग जोडिएको गौरवको उत्सव हो । यसले नेपाललाई विश्व साहसिक पर्यटनको नक्सामा अझ मजबुत रूपमा स्थापित गर्न सहयोग पुर्‍याउनेछ ।’

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक उदय भट्टराईले नदी, साहस र पर्यटनको संगम बनेको यो महोत्सवले नेपालका नदीहरूलाई विश्व साहसिक पर्यटन बजारमा थप उजागर गर्ने विश्वास व्यक्त गरे ।

उनले थपे, ‘नेपालमा नदी–आधारित साहसिक पर्यटनले पछिल्ला दशकहरूमा तीव्र गति लिएको छ । विशेषगरी त्रिशूली, भोटेकोशी, कर्णाली र सेती नदीहरू राफ्टिङ तथा कायाकिङका लागि विश्वभरका साहसिक पर्यटकहरूको आकर्षण बनेका छन् । यसलाई थप प्रबर्द्धन गर्न यो महोत्सव प्रभावकारी हुने विश्वास लिएको छु ।’

आयोजकका अनुसार प्रतियोगिताका विजेताहरूलाई विभिन्न विधामा १५ हजारदेखि १ लाख रुपैयाँसम्म नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ।

तीन दिनसम्म चल्ने यस अन्तर्राष्ट्रिय महोत्सवको समापन समारोहमा विजेता खेलाडीलाई पुरस्कार वितरण गर्नुका साथै नेपालमा राफ्टिङ संस्कृति सुरु गर्ने हिमालय रिभर एक्सप्लोरेसनलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।

अन्तर्राष्ट्रिय राफ्टिङ तथा कायकिङ महोत्सव
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय