News Summary
Generated by OK AI. Editorially reviewed.- युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा बोडो ग्लिम्टले स्पोर्टिङ सीपीलाई ३-० ले पराजित गरेको छ।
- बोडो ग्लिम्टका सन्ड्रे ब्रनस्टाड, ओले डिड्रिक र कासपर होगले गोल गरेका थिए।
- आर्सनल र बायर लेभरकुसनबीचको खेल १-१ को बराबरीमा सकिएको छ।
२८ फागुन, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा बोडो ग्लिम्टले स्पोर्टिङ सीपीलाई पराजित गरेको छ ।
बोडोको जितमा सन्ड्रे ब्रनस्टाड, ओले डिड्रिक र कासपर होगले १-१ गोल गरे । पहिलो हाफमा २-० को अग्रता बनाएको बोडोले दोस्रो हाफमा थप एक गोल गर्यो ।
३२औं मिनेटमा ब्रनस्टाडले पेनाल्टीमार्फत गोल गर्दै बोडोलाई अग्रता दिलाएका थिए । इन्जुरी समयमा डिड्रिकले गोल गरेपछि बोडो २-० ले अघि बढ्यो ।
दोस्रो हाफको ७१औं मिनेटमा होगले गोल गरेपछि बोडो ३-० ले विजयी भयो ।
यस्तै गएराति नै भएको अर्को खेलमा इंग्लिस क्लब आर्सनल र जर्मन क्लब बायर लेभरकुसनले बराबरी खेलेका छन् ।
लेभरकुसनको मैदानमा भएको खेल १-१ को बराबरीमा सकिएको हो । दोस्रो हाफको ४६औं मिनेटमा रोबर्ट एन्ड्रिकको गोलमा लेभरकुसनले अग्रता लिएको थियो ।
८९औं मिनेटमा काइ हाभेर्ट्जले पेनाल्टीमार्फत गोल गर्दै आर्सनलको हार टारे ।
प्रतिक्रिया 4