+
+
Shares

रास्वपाका उम्मेदवार शिशिर खनालको चुनावी खर्च १५ लाख

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट काठमाडौं-६ का निर्वाचित प्रतिनिधिसभा सदस्यका उम्मेदवार शिशिर खनालले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगलाई बुझाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २८ गते १३:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं-६ का उम्मेदवार शिशिर खनालले फागुन २१ को निर्वाचनमा १५ लाख २३ हजार ४३७ रुपैयाँ खर्च गरेको विवरण निर्वाचन आयोगलाई बुझाएका छन्।
  • खनालले सबैभन्दा धेरै २ लाख ६ हजार ३६ रुपैयाँ छापा प्रचार सामग्रीमा र १ लाख ५५ हजार ४ सय रुपैयाँ यातायातमा खर्च गरेको विवरण आयोगमा पेस गरेका छन्।
  • उनले विभिन्न १२ शीर्षकमा खर्च विवरण पेस गरेका छन् जसमा छापा प्रचार र यातायात प्रमुख शीर्षक रहेका छन्।

२८ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट काठमाडौं-६ का निर्वाचित प्रतिनिधिसभा सदस्यका उम्मेदवार शिशिर खनालले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगलाई बुझाएका छन् ।

उनले फागुन २१ मा सम्पन्न निर्वाचनको क्रममा १५ लाख २३ हजार ४३७ रुपैयाँ खर्च भएको विवरण पेस गरेका हुन् ।

विभिन्न १२ शिर्षकमा खर्च भएको विवरण पेस गरेका खनालले सबैभन्दा धेरै छापा प्रचार-प्रचार सामग्रीमा भएको उल्लेख गरेका छन् । यो शीर्षकमा उनले २ लाख ६ हजार ३६ रुपैयाँ खर्च भएको बताएका छन् ।

दोस्रो धेरै खर्च उनले यातायातमा भएको बताएका छन् । खनालले यातायात शीर्षकमा १ लाख ५५ हजार ४ सय रुपैयाँ खर्च भएको विवरण आयोगमा पेस गरेका हुन् ।

यस्ता छन् उनको खर्चका शीर्षक विवरण

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?