News Summary
Generated by OK AI. Editorially reviewed.- इराकमा अमेरिकी केसी-१३५ इन्धन भर्ने विमान दुर्घटनामा ४ जनाको मृत्यु भएको अमेरिकी केन्द्रीय कमान्डले पुष्टि गरेको छ।
- दुर्घटना मार्च १२ मा पश्चिमी इराकमा लगभग २ बजे भएको थियो र उद्धार प्रयास जारी छ।
- अमेरिकी केन्द्रीय कमान्डले घटनाको कारण अनुसन्धान भइरहेको र कुनै शत्रुको कारण नभएको उल्लेख गरेको छ।
काठमाडौं । इराकमा भएको अमेरिकी सैन्य विमान दुर्घटनामा ४ जनाको मृत्यु भएको अमेरिकी केन्द्रीय कमान्डले पुष्टि गरेको छ।
पश्चिमी इराकमा अमेरिकी सेनाको केसी-१३५ इन्धन भर्ने विमान दुर्घटनाग्रस्त भएको थियो ।
‘मार्च १२ मा लगभग २ बजे, पश्चिमी इराकमा अमेरिकी केसी-१३५ रिफ्युलिङ विमान दुर्घटनाग्रस्त भयो । उद्धार प्रयास जारी रहँदा, विमानमा रहेका ६ जना चालक दलका सदस्यहरूमध्ये चार जनाको मृत्यु भएको पुष्टि भएको छ,’ अमेरिकी केन्द्रीय कमान्डले एक्समा पोस्ट गरेको छ।
अमेरिकी केन्द्रीय कमान्डका अनुसार घटनाको कारण अनुसन्धान भइरहेको छ ।
विमान दुर्घटना कुनै शत्रुको कारण नभएको कमान्डले उल्लेख गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4