News Summary
Generated by OK AI. Editorially reviewed.- रियल मड्रिडले स्पानिस ला लिगामा एल्चेलाई ४-१ ले पराजित गरेको छ ।
- यो जितपछि रियलले शीर्ष स्थानको बार्सिलोनासँग अंकदूरी १ मा झारेको छ ।
- एट्लेटिको मड्रिडले गेटाफेलाई १-० ले पराजित गरेको छ ।
१ चैत, काठमाडौं । रियल मड्रिडले स्पानिस ला लिगामा एल्चेलाई ४-१ ले पराजित गरेको छ ।
यो जितपछि रियलले शीर्ष स्थानको बार्सिलोनासँग अंकदूरी १ मा झारेको छ । दोस्रो स्थानको रियलले २८ खेलबाट ६६ अंक जोडेको छ छ । एक खेल कम खेलेको बार्सिलोनाको ६७ अंक छ ।
पराजित एल्चे २८ खेलबाट २६ अंकसहित १५औं स्थानमा छ ।
घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलका एन्टोइन डिगरले ३९औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।
फेडेरिको भालभर्डले ४४औं मिनेटमा गोल गर्दै पहिलो हाफमै रियललाई २-० को अग्रता दिलाए । डिन हुइसेनले ६६औं मिनेटमा गोल गरेपछि रियलले ३-० को अग्रता बनायो ।
रियलका मानुएल एन्जलले आत्मघाती गोल गर्दा एल्चेले एक गोल फर्काएको तियो । तर अर्दा गुलेरले ८९औं मिनेटमा गोल गर्दै रियलको जित सुनिश्चित पारेका थिए ।
गएराती नै भएको खेलमा अर्को मड्रिड क्लब एट्लेटिकोले गेटाफेलाई १-० ले पराजित गरेको छ । एट्लेटिकोका लागि नाहुल मोनिलाले आठौं मिनेटमै गरेको गोल निर्णायक बनेको थियो । जितपछि एट्लेटिको २८ खेलबाट ५५ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ ।
प्रतिक्रिया 4