News Summary
Generated by OK AI. Editorially reviewed.- निर्वाचन आयोगले निर्वाचनको प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी सरकार गठनबारे आन्तरिक छलफलमा जुटेको छ।
- रास्वपाले फागुन २१ मा सम्पन्न निर्वाचनमा १८२ सिट प्राप्त गरी दुई तिहाइ बहुमत हासिल गरेको छ।
- संविधानको धारा ७६ अनुसार रास्वपाले संसदीय दलको नेता चयन गरेपछि राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछन्।
५ चैत, काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनबारे आन्तरिक छलफलमा जुटेका छन् ।
सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह र उपसभापतिद्वय डीपी अर्याल र डा स्वर्णिम वाग्ले आन्तरिक छलफलमा जुटेका हुन् ।
रास्वपाले फागुन २१ मा सम्पन्न निर्वाचनमा १८२ सिट प्राप्त गरेको छ । यो २७५ सदस्यीय प्रतिनिधिसभामा करिब दुई तिहाइ बहुमत हो ।
संविधानको धारा ७६ अनुसार अब रास्वपा नेतृत्वमा एकल बहुमतको सरकार बन्नेछ । रास्वपाले बालेन्द्रलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत षगरिसकेको छ तर, प्रधानमन्त्री बन्न संसदीय दलको नेता हुनुपर्ने संवैधानिक व्यवस्था छ । यसअनुसार रास्वपाले संसदीय दलको नेता चयन गरेसँगै राष्ट्रपतिले चयन भएको दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछन् ।
प्रतिक्रिया 4