News Summary
Generated by OK AI. Editorially reviewed.- नबिल बैंकले ग्लोबल मनी विक अन्तर्गत सातवटै प्रदेशमा विद्यार्थी तथा युवालाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ।
- कार्यक्रममा विद्यार्थीले बचत, लगानीको महत्त्व र विद्युतीय कारोबारमा ध्यान दिनुपर्ने विषय सिकेका छन्।
- बैंकले १ सय ९० विद्यालयमा १५ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय शिक्षाको जागरण गर्ने योजना बनाएको छ।
८ चैत, काठमाडौं । नबिल बैंकले ग्लोबल मनी विक अन्तर्गत सात वटै प्रदेशमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम संचालन गरिरहेको छ।
जसमा विद्यार्थीलाई बचत, लगानीको महत्त्व, विद्युतीय कारोबार गर्दा ध्यान दिनु पर्ने विषयमा केन्द्रित रहेर कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।
‘बचत गर्नपर्छ र यसरी जम्मा गरेको पैसालाई लगानी गर्नपर्छ भन्ने कुरा सिकेँ’, नबिल बैंकले ग्लोबल मनी विक अन्तर्गत सञ्चालन गरेको अभिमुखिकरण कार्यक्रममा सिकेका कुरा शिक्षकलाई सुनाउँदै खुम बहादुर केसीले भने।
उनी लुम्बिनीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छन्। गौरीशंकर माध्यामिक विद्यालय निजगढमा अध्ययनरत् विद्यार्थी दिपिका न्यौपानेको पनि उस्तै अनुभव छ ।
‘हाम्रो जीवनमा उपयोगी कुरा भएकाले वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम निकै अर्थपूर्ण रह्यो’ उनले भनिन् ।
ग्लोबल मनी विक मुलत किशोर किशोरी तथा युवा युवतीमा वित्तीय शिक्षाको महत्त्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा मनाउने अभियान हो । यस वर्षको ग्लोबल मनी विकको मुख्य नारा ‘स्मार्ट मनी टक्स’ रहेको छ। यसैलाई आत्मसाथ गर्दै बैंकले चैत २ देखि ८ गतेसम्म विभिन्न शाखा कार्यालयबाट सातवटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।
देशभर संचालित वित्तिय साक्षरता अभियान कार्यक्रममा विद्यार्थीले बैंक खाता कसरी खोल्ने, चेकबुक कसरी चलाउने जस्ता विषयललाई रुचीपूर्वक सिके। त्यस्तै सुरक्षित विद्युतीय कारोबारमा चासो दिएका थिए । नबिल बैंकले ग्लोबल मनी विक अभियान मार्फत देशभर रहेका करिब १ सय ९० विद्यालय मार्फत १५ हजार बढी विद्यार्थीहरुलाई वित्तिय शिक्षाबारे जागरण गर्ने योजना बनाएको छ।
प्रतिक्रिया 4