+
+
Shares

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीयको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ९ गते १६:३९

९ चैत, पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारतको उत्तर प्रदेशस्थित सन्तकबिर नगरका १७ वर्षीय फहरान अन्सारी र १७ वर्षीय अमान अन्सारी रहेका छन् ।

प्रहरीका अनुसार चैत ९ गते बिहान करिब १० बजे डुबेको स्थानभन्दा करिब एक सय मिटर तल फहरान अन्सारीको शव फेला परेको हो ।

यस्तै अमान अन्सारीको सोमबार दिउसो अमान अन्सरीको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले जानकारी दिए ।

उनीहरूसँगै घुक्न आएका अन्य सात जना भने सकुशल रहेका छन् ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?