News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले आज साँझ संसदीय दलको नेतामा बालेन्द्र शाहलाई चयन गरेको छ।
- बालेन्द्र शाह भोलि प्रधानमन्त्रीको शपथ ग्रहण गर्दैछन्।
- रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन मन्त्री छनोटबारे छलफलमा जुटेका छन्।
१२ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज साँझ संसदीय दलको नेतामा बालेन्द्र शाह (बालेन)लाई चयन गरेको छ । भोलि (शुक्रबार) बालेनले प्रधानमन्त्रीको शपथ गर्दैछन् ।
रास्वपाले प्रधानमन्त्रीसँगै मन्त्रीहरूको पनि शपथ गराउने तयारी गरेको छ । त्यसअघि रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ लनेता बालेन मन्त्री छनोटबारे छलफलमा जुट्दैछन् ।
बनस्थलीस्थित पार्टी कार्यालयमा केन्द्रीय समिति र संसदीय दलको बैठकपछि सभापति र वरिष्ठ नेता एउटै गाडीमा निस्किएका छन् । उनीहरू मन्त्रीको नाम टुंग्याउन छलफलमा जुट्न लागेका हुन् । तर उनीहरूको छलफल कहाँ हुँदैछ भन्ने खुलाइएको छैन ।
‘दुई नेताबीच मात्रै छलफल हुँदैछ’ स्रोतले अनलाइनखबरसँग भन्यो । केही नेताका अनुसार अहिलेसम्म मन्त्रीको नाम टुंगिएको छैन ।
प्रतिक्रिया 4