+
+
Shares

पार्टीको विदेश विभागपछि देशकै अन्तर्राष्ट्रिय सम्बन्ध हेर्ने जिम्मेवारी

अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सिन म्याडिसनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका खनालले वज्रपोर्ट विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्रमा स्नातक गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १३ गते १४:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिशिर खनाल राष्ट्रिय स्वतन्त्र पार्टीका विदेश विभाग प्रमुख र नवनियुक्त परराष्ट्रमन्त्री हुन्।
  • खनालले २०७९ माघमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको रूपमा काम गरेका थिए।
  • रास्वपाले कूटनीतिलाई राजनीतिक भागबन्डाको थलो बन्न नदिने र परफर्मेन्स अडिट प्रणाली शुरु गर्ने योजना बनाएको छ।

१३ चैत, काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विदेश विभाग प्रमुख हुन् । रास्वपा केन्द्रीय सचिवालय सदस्य समेत रहेका उनी पार्टीमा पर्यटन विभाग प्रमुखको समेत जिम्मेवारीमा छन् ।

अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सिन म्याडिसनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका खनालले वज्रपोर्ट विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्रमा स्नातक गरेका छन् ।

४७ वर्षीय खनाल पूर्व शिक्षा मन्त्री हुन् । उनी २०७९ माघमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका थिए ।

खनालले राजनीतिमा आउनुअघि सामाजिक सेवा, शिक्षा र नीति निर्माण क्षेत्रमा काम गरेका थिए । सन् २००५ देखि २०१२ सम्म श्रीलंका, नेपाल र अमेरिकामा सञ्चालन भएको सर्वोदय श्रमदान अभियान मार्फत सामुदायिक विकास र स्वयंसेवी अभियानमा काम गरे ।

सामुदायिक शिक्षामा महत्त्वपूर्ण योगदान दिएको टिच फर नेपालका सहसंस्थापक खनालले त्यहाँ सन् २०१२ देखि २०१९ सम्म आबद्ध रहे । टिच फर नेपालमा उनले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत निभाए ।

खनाल पूर्व शिक्षा मन्त्री हुन् । उनी २०७९ माघमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका थिए ।

नीतिगत अभ्यासमा खनालले २०२३ देखि २०२५ सम्म दाङको तुलसीपुर उपमहानगरपालिकामा सञ्चालन गरिएको नीतिशाला कार्यक्रमसँग जोडिएर काम गरेका थिए ।

२१ फागुनमा सम्पन्न निर्वाचनमा खनाल काठमाडौं–६ बाट निर्वाचित भएका थिए। खनाल त्यस क्षेत्रबाट दोस्रो पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् ।

रास्वपाले चुनावी वाचापत्रमा कूटनीतिलाई राजनीतिक भागबन्डाको थलो बन्न नदिने जनाएको छ । कूटनीतिक नियोगको सक्रियता र नतिजा मापन गर्न ‘परफर्मेन्स अडिट’ प्रणाली शुरु गरिने उल्लेख छ ।

विदेशमा रहेका नेपालीहरूको समस्या समाधान गर्न परराष्ट्र मन्त्रालयमा हप्तामा सातै दिन चौबीसै घण्टा सक्रिय हुने गरी सेन्ट्रल रेस्पोन्स युनिट बनाउने भनिएको छ ।

वाचापत्रमा परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा बदल्न प्रमुख व्यापारिक साझेदार देशहरूमा इकोनोमिक कन्सुलरको संख्या थप गरेर निर्यात, पर्यटन र लगानी प्रवर्धनमा केन्द्रित हुने उल्लेख छ ।

सन् २००५ देखि २०१२ सम्म श्रीलंका, नेपाल र अमेरिकामा सञ्चालन भएको सर्वोदय श्रमदान अभियान मार्फत सामुदायिक विकास र स्वयंसेवी अभियानमा काम गरे ।

चुनाव प्रचारका बेला खनालको नारा थियो– रास्वपाको नागरिक करार: सुशासन, आर्थिक विकास, पूर्वाधार, प्रवासी नेपालीको हित र रोजगारी सिर्जनामा पार्टीको मुख्य प्रतिबद्धता ।

चुनावका बेला उनको अर्को नारा थियो, ‘काठमाडौं ६ को सक्षम नाम, शिशिर खनाल ।’

अब उनी काठमाडौं ६ को मात्र होइन ‘देशकै सक्षम नाम, शिशिर खनाल’ बन्ने अवसर आएको छ, शुभकामना ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?