News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल माल्दिभ्समा भइरहेको साफ यू-२० च्याम्पियनसिपमा समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको छ ।
- नेपालले समूह चरणको अन्तिम खेलमा माल्दिभ्ससँग बराबरी खेलेको हो ।
- समूह बी बाट भारत र श्रीलंका सेमिफाइनल पुगिसकेका छन् भने पाकिस्तान समूह चरणबाट बाहिरिएको छ ।
काठमाडौं । माल्दिभ्समा भइरहेको साफ यू-२० च्याम्पियनसिप अन्तर्गत समूहको अन्तिम खेलमा ३रेलु टोलीसँग १-१ को बराबरी खेलेपछि नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ ।
नेपाल यसअघि नै लगातार दुई खेल जित्दै सेमिफाइनलमा स्थान पक्का गरिसकेको थियो । अब समूह ‘बी’ को अन्तिम खेलपछि नेपालको सेमिफाइनल प्रतिद्वन्दीको टुङ्गो लाग्नेछ ।
शुक्रबार मालेस्थित नेसनल स्टेडियममा भएको खेलमा अन्तिम समयमा गोल गर्दै माल्दिभ्सलाई बराबरीमा रोकेको हो ।
माल्दिभ्सका मोहमेद इमरानले १५औं मिनेटमै गोल गर्दै घरेलु टोलीलाई पहिले अग्रता दिलाएका थिए । तर अन्तिम समयमा माल्दिभ्सले त्यो जोगाउन सकेन भने नेपालका लागि निशान राज लावतले ८७औं मिनेटमा बराबरी गोल फर्काए ।
नेपालले पहिलो खेलमा भुटानलाई २-१ र दोस्रो खेलमा श्रीलंकालाई १-० ले पराजित गरेको थियो ।
समूह एमा तीनवटै खेल खेलिसकेको नेपाल ७ अंकसहित शीर्ष स्थानमा छ । श्रीलंका दुई खेलबाट ३ अंकसहित दोस्रो स्थानमा छ । तीनै खेल खेलिसकेको माल्दिभ्स २ अंक जोडेर तेस्रोमा छ र समूह चरणबाटै बाहिरिसकेको छ । भुटान दुई खेलबाट १ अंकसहित चौथोमा छ । आजै राती हुने श्रीलंका र भुटानबीचको खेलपछि यस समूहबाट सेमिफाइनल पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ ।
श्रीलंकालाई सेमिफाइनल पुग्न बराबरी पर्याप्त हुनेछ भने भुटानले श्रीलंकालाई पराजित गरेमा सेमिफाइनल पुग्नेछ ।
समूह बी बाट भारत र श्रीलंका एक खेल अगावै सेमिफाइनल पुगिसकेका छन् । तीन टिम मात्र रहेको यस समूहमा दुवै टोलीले पाकिस्तानलाई हराइसकेका छन् । दुई खेल हारेको पाकिस्तान समूह चरणबाटै बाहिरिसकेको छ ।
प्रतिक्रिया 4