+
+
Shares

ओली–लेखकलाई पक्राउ गर्न प्रहरीले माग्यो लिखित आदेश

मध्यरात प्रहरी हेडक्वार्टर पुगेका कानुन सचिव मन्त्रालयतिर

अहिले हेडक्वार्टरबाट सचिव ढुंगाना निस्किएका छन् । उनी अहिले नै मन्त्रालय गएको स्रोतको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १४ गते १:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले जेनजी आन्दोलनको दमनबारे आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ।
  • प्रहरीले प्रतिवेदन कार्यान्वयनका लागि सरकारसँग लिखित आदेश माग गरेको छ।
  • गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायका उच्च पदाधिकारीहरूसँग मध्यरातसम्म छलफल गरेका छन्।

१४ चैत, काठमाडौं । जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागिका प्रहरीले सरकारसँग लिखित आदेश माग गरेको छ ।

नयाँ सरकार बनेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

लगत्तै, गृहमन्त्री सुधन गुरुङले निरन्तर सुरक्षा निकायका उच्च पदाधिकारीहरूसँग छलफल गरेका थिए । सुरक्षा स्रोतले दिएको जानकारी अनुसार, गृहमन्त्री गुरुङले मध्यरात अबेरसम्म सुरक्षा निकायका प्रमुख र सरकारी कर्मचारीसहितसँग छलफल गरेका छन् ।

उनी अहिले प्रहरी महानिरीक्षक दान बहादुर कार्की, सशस्त्र प्रहरीका आईजीपी राजु अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, सशस्त्रका एआईजी गणेश ठाडा मगर उपत्यका प्रहरीका एआईजी ईश्वर कार्कीसहितसँग उनले छलफल गरेका छन् ।

त्यस्तै छलफलमा कानुन सचिव पाराश्वर ढुंगाना पनि पुगेका थिए ।

स्रोतका अनुसार, प्रहरीले लिखित आदेशबिना जरुरी पक्राउ पुर्जी जारी गर्न नसक्ने बताएको थियो । त्यसपछि अहिले हेडक्वार्टरबाट सचिव ढुंगाना निस्किएका छन् । उनी अहिले नै मन्त्रालय गएको स्रोतको भनाइ छ ।

गृहमन्त्री गुरुङले हिजो साँझ नेपाल प्रहरी र सशस्त्रका आईजीपीसँग छलफल गरेर छुट्टिएका थिए ।

यसैबीच आजैमात्रै सरकारले पहिलो निर्णयमा नै जेनजी आन्दोलनको दमनबारे बनेको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयपछि प्रहरी र सशस्त्रका सबै युनिटलाई अलर्ट रहन सर्कुलर भइसकेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?