+
+
Shares

नीलाम्बर आचार्यको टिप्पणी : प्रतिशोध र धरपकडले भलो गर्दैन

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १४ गते ६:५५

१४ चैत, काठमाडौं । संविधानविद् नीलाम्बर आचार्यले प्रतिशोध र धरपकडले भलो नगर्ने टिप्पणी गरेका छन् ।

नवगठित सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि यस्तो टिप्पणी गरेका हुन् ।

‘साह्रै नै नमिल्ने कुरा भइरहेको छ’, पूर्वकानुनमन्त्री समेत रहेका आचार्यले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्, ‘प्रतिशोध र धरपकडले भलो गर्दैन ।’

प्रहरीले शनिबार बिहानै पूर्व गृहमन्त्री लेखकलाई भक्तपुरको कटुञ्जेस्थित निवासबाट पक्राउ गरेको थियो ।

पछि पूर्वप्रधानमन्त्री ओली भक्तपुरकै गुण्डुस्थित निवासबाट पक्राउ परेका थिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?