+
+
Shares

जनताले प्रतिशोध होइन, विकाससँगै सुशासन खोजेका छन् : प्रतिमा गौतम

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १४ गते ८:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतमले एकपक्षलाई मात्रै लक्षित गरी गरिने कारबाहीले सुशासन स्थापना गर्न नसक्ने बताएकी छन्।
  • उनले दोषीलाई लुकाएर एकपक्षलाई मात्रै लक्षित गरी गरिने कारबाहीले जनताले खोजेको विकास र सुशासनको अनुभूति दिन नसक्ने उल्लेख गरिन्।
  • गौतमले भदौ २३ र २४ गतेका घटनामा योजनाबद्ध रूपमा घुसपैठ गरी सरकारी भवन आगजनी गर्ने तत्वहरूको निष्पक्ष छानबिन गरी कारबाही गर्नुपर्ने बताइन्।

१४ चैत, काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतमले एकपक्षलाई मात्रै लक्षित गरी गरिने कारबाहीले सुशासन स्थापना गर्न नसक्ने बताएकी छन् ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ गरिएपछि उनले नवगठित सरकारको पछिल्लो कदमबारे टिप्पणी गरेकी हुन् ।

‘दोषीलाई लुकाएर एकपक्षलाई मात्रै लक्षित गरी गरिने कारबाहीले सुशासन स्थापना गर्दै सक्दैन,’ नेतृ गौतमले फेसबुकमा लेखेकी छन्, ‘जनताले केवल प्रतिशोध होइन, विकाससँगै सुशासनको अनुभूति खोजेका छन् ।’

नागरिकले प्रतिशोध, द्वन्द्व वा मुठभेड नभएर कानुनी राज्य र न्यायको अपेक्षा गरेको भन्दै उनले शान्ति, सुशासन र उत्तरदायित्वको पक्षमा रहेकाले आफूहरूले निष्पक्ष कारबाहीको नि:शर्त अपेक्षा गरेको उल्लेख गरेकी छन् । ।

‘कार्की आयोगको प्रतिवेदन अपूर्ण छ अपूरो छ । आज भदौ २३ सुरु हुँदै गर्दा समयले भदौ २४ गतेलाई पनि सम्झाइरहेको छ,’ गौतमले लेखेकी छन्, ‘भाद्र २३ र २४ गतेका घटनाहरूमा योजनाबद्ध रूपमा घुसपैठ गराई ध्वंस,  लुटपाट, जेल तोड्ने कैदी, भगाउने, प्रहरीलाई कुटीकुटी मार्ने, सिंहदरबार, अदालतलगायत सरकारी भवन आगजनी गर्ने तत्वहरूको निष्पक्ष छानबिन गरी कारबाही गरिनुपर्छ ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?