+
+
Shares

लेखकको गृहजिल्ला कञ्चनपुरमा कांग्रेस-एमालेको विरोध प्रदर्शन

यसैबीच कांग्रेसको विरोध प्रदर्शनमा नेकपा एमाले पनि मिसिएको छ । कांग्रेसको प्रदर्शन पार्टी कार्यालय भएर पुष्पलाल चोकतर्फ अघि बढेपछि एमाले पनि मिसिएको हो । 

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १४ गते १६:१५

१४ चैत, महेन्द्रनगर । पूर्व गृहमन्त्री रमेश लेखकको गृहजिल्ला कञ्चनपुरमा नेपाली कांग्रेसले प्रदर्शन गरिरहेको छ ।

लेखकलाई सरकारले शनिबार बिहान पक्राउ गरेको विरोधमा पार्टीले सदरमुकाम महेन्द्रनगरमा प्रदर्शन सुरु गरेको हो ।

पार्टी कार्यालयबाट सुरू भएको कांग्रेसको विरोध प्रदर्शन उद्योग वाणिज्य संघ भवन भएर पुष्पलाल चोकतर्फ अघि बढेको छ ।

प्रदर्शन पुष्पलाल चोक भएर बजारमा प्रदर्शन गर्दै राजा महेन्द्रको शालिक पुनर्स्थापना गरेको स्मारक नजिकै कोणसभामा परिणत हुने जिल्ला सचिव भीम भट्टले जानकारी दिए ।

यसैबीच कांग्रेसको विरोध प्रदर्शनमा नेकपा एमाले पनि मिसिएको छ । कांग्रेसको प्रदर्शन पार्टी कार्यालय भएर पुष्पलाल चोकतर्फ अघि बढेपछि एमाले पनि मिसिएको हो ।

पूर्वगृहमन्त्री लेखकलाई प्रहरीले शनिबार बिहान भक्तपुरको कटुन्जेस्थित निवासबाट पक्राउ गरेको थियो । उनलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिएको छ ।

प्रहरीले लेखकपछि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि पक्राउ गरेको थियो । उनलाई भने महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

पूर्वगृहमन्त्री लेखकको पक्राउ बारे कांग्रेसले अहिलेसम्म केही प्रतिक्रिया दिएको छैन । तर, नेकपा एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा सरकारविरूद्ध संघर्षका कार्यक्रम घोषणा गरिसकेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?