News Summary
Generated by OK AI. Editorially reviewed.- टाइम्स बास्केटबल क्लबले एचजेएनबीएल २०२६ मा लगातार नवाैं जित हात पारेको छ ।
- टाइम्सले प्लेबक्स एरेनालाई १० खेलबाट १९ अंकसहित पराजित गरेको छ ।
- नेपाल बास्केटबल संघको आयोजनामा आठ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
१४ चैत, काठमाडौं । हिमालयन जाभा नेशनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा टाइम्स बास्केटबल क्लबले लगातार नवाैं जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शनिबार भएको खेलमा टाइम्सले प्लेबक्स एरेनालाई ७६-५४ ले पराजित गरेको हो ।
टाइम्सले पहिलो क्वाटर २०-१८ र दोस्रो क्वाटर २०-१० ले आफ्नो पक्षमा पार्दै हाफ टाइमसम्म ४०-२८ को अग्रता बनाएको थियो ।
तेस्रो क्वाटर टाइम्सले २०-१३ ले आफ्नो पक्षमा बनाउँदा चाैथो क्वाटरमा १६-१३ को अग्रता बनाएको थियो ।
टाईम्सले लगातार नवाैं जितपछि १० खेलबाट १९ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । नवाैं हारपछि प्लेबक्सको १० खेलबाट ११ अंक भएको छ ।
टाइम्सका मनिष केसी म्यान अफ दि म्याच घोषित भए । उनले सर्वाधिक १९ अंक स्कोर गरे ।

यस्तै शुक्रबार राति भएको खेलमा त्रिभुवन आर्मी क्लबले प्लेबक्स एरेनालाई १०३-७४ ले पराजित गरेको थियो । आर्मीका लागि सिमोन गुरुङले सर्वाधिक ३५ अंक स्को, गरे ।
९ खेलमा आठाैं जित हात पारेको आर्मी १७ अंकसहित दोस्रोमा छ । गुरुङ म्यान अफ दि म्याच घोषित भए ।
नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भइरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछ । लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ ।
पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ । पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्नेछन् ।
यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित हुनेलाई पनि आकर्षक पुरस्कार प्राप्त गर्ने नेबाले जनाएको छ ।

प्रतिक्रिया 4