+

नेपाल कबड्डी लिग : यी हुन् ६ टिमका मालिक

२०८२ चैत  १५ गते ८:२० २०८२ चैत १५ गते ८:२०
नेपाल कबड्डी लिग : यी हुन् ६ टिमका मालिक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल कबड्डी लिग सिजन २ का लागि टिमका मालिकहरू सार्वजनिक गरिएको छ ।
  • नेसनल इन्भेस्टमेन्ट होल्डिङकी भवानी राणाले विराटनगर बाहुबली टिमको स्वामित्व लिएकी छन् ।
  • एस्ट्रोनिक्स म्यानेजमेन्टसँग १० वर्षको सम्झौतामा एनकेएलले नेपाली कबड्डीको व्यावसायिक विकास गर्ने लक्ष्य राखेको छ ।

१५ चैत, काठमाडौं । आगामी वर्ष जेठ २२ गतेदेखि हुने नेपाल कबड्डी लिग (एनकेएल) सिजन २ का ६ टिमका मालिक सार्वजनिक गरिएको छ ।

आयोजक एस्ट्रोनिक्स म्योनजेमन्टद्वारा होटल याक एन्ड यतिमा शनिबार आयोजित कार्यक्रममार्फत एनकेएल सिजन २ मा प्रतिस्पर्धा गर्ने ६ फ्रेन्चाइज टिमका मालिक सार्वजनिक गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा पनि कबड्डी लिगमा जोडिएकी छन् । उनको नेसनल इन्भेस्टमेन्ट होल्डिङले विराटनगरको टिम लिएको छ । यो टिम नाम परिवर्तन गर्दै विराटनगर ब्यान्डिट्सबाट विराटनगर बाहुबली बनेको छ ।

पहिलो संस्करणको च्याम्पियन जनकपुर नाइट्सको स्वामित्व नेको इन्स्योरेन्स लिमिटेडमा यथावत् रहेको छ । उपविजेता काठमाडौं माभरिक्सको स्वामित्व काठमाडौं माभरिक्सले लिएको छ ।
त्यस्तै, फेवा कन्स्ट्रक्सनले पोखरा लेकर्स लिएको छ भने मोराई कर्पोरेसनले बुटवल बुल्सको स्वामित्व लिएको छ ।

यससँगै हिमालयन रेइडर्सको रुपमा पहिलो संस्करणमा प्रतिस्पर्धा गरेको बुटवलको टिमको नाम बुटवल बुल्स बनेको छ । धनगढी वाइल्डक्याट्स प्रालीले सुदूरपश्चिमको प्रतिनिधि टिम धनगढी वाइल्डक्याट्सको स्वामित्व लिएको छ ।

देशमा लोकिप्रय भइरहेको एनकेएलमा व्यापारिक तथा व्यावसायिक घराना आबद्ध गर्न पाएकोमा खुशी व्यक्त गर्दै एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकमार बेगानीले भने, ‘पहिलो संस्करण भव्य रुपमा आयोजना गरेका थियौं । दोस्रो संस्करणलाई थप उत्कृष्ट बनाउने छौं । कर्पोरेट हाउसहरूको आबद्धताले लिगलाई थप उचाइ दिनेछ । हामी सबैले नेपाली कबड्डीलाई विश्वमै अब्बल बनाउने छौं ।’

कार्यक्रममा नेपालको लागि श्रीलंकाली राजदूत रुवन्थी डेलपिटिया, अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झालगायतको उपस्थिति रहेको थियो । महासचिव झाले एस्ट्रोनिक्स म्यानेजमेन्टसँग एनकेएलका लागि १० वर्षको सम्झौता गरेको र यसले नेपालको कबड्डी खेलको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

नेपाली कबड्डीलाई व्यावसायिक रुप दिने प्रयासमा थालिएको एनकेएल आयोजना गरिएको छ ।

२०८३ जेठ २२ गते देखि सुरु हुने एनकेएल सिजन २ को प्लेयर्स ड्राफ्टको लागि लागि स्वदेशी खेलाडीको छनोट भइसकेको छ भने १५ देशका एक सय बढी खेलाडीले पनि नाम दर्ता गरेको बयोजकले जनाएको छ ।

नेपाल कबड्डी लिग सिजन २

टिम : विराटनगर बाहुबली
स्वामित्व : नेसनल इन्भेष्टमेन्ट होल्डिङ प्रा.लि.
कम्पनीका मुख्य व्यक्ति : भवानी राणा

टिम : जनकपुर नाइट्स
स्वामित्व : नेको इन्स्योरेन्स लिमिटेड
कम्पनीका मुख्य व्यक्ति : गणेश लम्साल

टिम : काठमाडौं माभरिक्स
स्वामित्व : काठमाडौं माभरिक्स प्रा.लि.
कम्पनीका मुख्य व्यक्ति : साल्भिन कालशंकर

टिम : पोखरा लेकर्स
स्वामित्व : फेवा कन्स्ट्रक्सन प्रा.लि.
कम्पनीका मुख्य व्यक्ति : रामचन्द्र कोइराला

टिम : बुटवल बुल्स
स्वामित्व : मोराई कर्पोरेसन प्रा.लि.
कम्पनीका मुख्य व्यक्ति : नवीन साह

टिम : धनगढी वाइल्डक्याट्स
स्वामित्व : धनगढी वाइल्डक्याट्स प्रा.लि.
कम्पनीका मुख्य व्यक्ति : माधव अग्रवाल

नेपाल कबड्डी लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय