+
+
Shares

रमेश लेखकलाई अदालत उपस्थित गराइयो

शनिबार सार्वजनिक बिदा भएकाले आज अदालत उपस्थित गराइएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १५ गते १०:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई जेनजी आन्दोलनमा दमन गरेको आरोपमा शनिबार पक्राउ गरी आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ।
  • पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि आज अदालतमा उपस्थित गराइँदै छ।
  • गत भदौ २३–२४ गते जेनजी प्रदर्शन हिंसात्मक हुँदा ७६ जनाको मृत्यु र दुई हजार चार सयभन्दा बढी घाइते भएका थिए, जसको छानबिन आयोगले ओली र लेखकलाई दोषी ठहर्‍याएको छ।

१५ चैत, काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा शनिबार पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आज काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको छ ।

शनिबार सार्वजनिक बिदा भएकाले उनलाई आज अदालत उपस्थित गराइएको हो ।

आजै पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि अदालत उपस्थित गराइँदै छ ।

गत भदौ २३–२४ गते जेनजी पुस्ताको प्रदर्शन हिंसात्मक बन्दा तीन जना प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो । उक्त घटनामा दुई हजार चार सयभन्दा बढी प्रदर्शनकारी गम्भीर घाइते भएका थिए । प्रदर्शनको क्रममा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन, प्रहरी कार्यालय, व्यापारिक प्रतिष्ठान तथा निजी निवासमा समेत आगजनी तोडफोड लुटपाट भएको थियो ।

सो घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखकसहित जिम्मेवार पदमा रहेका व्यक्तिहरूलाई दोषी ठहर्‍याउँदै कारबाही सिफारिस गरेको थियो । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि चैत १३ गते गठन भएको प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो । चैत १४ गते बिहान झिसमिसेमै प्रहरीले ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट र लेखकलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएपछि ओलीलाई स्वास्थ्य जाँचको लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) लगिएकोमा डाक्टरको सुझाव अनुसार त्यहीँ भर्ना गरिएको छ । लेखकलाई भने प्रहरीको दुई नम्बर गण महाराजगञ्जमा राखिएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?