+
+
Shares

ओली र लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न माग

ओली र लेखक पक्षका वकिलहरूले थुनामा राख्न आवश्यक नभएको भन्दै जवाफी बहस गरिरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १५ गते १२:५७

१५ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन सरकारी वकिलले माग गरेको छ ।

अहिले यो मागमाथि जिल्ला अदालतमा बहस भइरहेको छ ।

ओली र लेखक पक्षका वकिलहरूले थुनामा राख्न आवश्यक नभएको भन्दै जवाफी बहस गरिरहेका छन् ।

जरुरी पक्राउ पुर्जीको समर्थनको निवेदन र १० दिन म्याद थप गरी अनुसन्धान गर्नुपर्ने भनी आजै जिल्ला अदालत काठमाडौंमा आज दुईवटा निवेदन परेको थियो ।

गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनमा दमन भएको थियो ।

जेनजी आन्दोलनको बेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री थिए भने कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए ।

उक्त आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठिन आयोगले ओली–लेखकलाई फौजदारी मुद्दामा कारबाही अघि बढाउन सिफारिस गरेको थियो ।

उक्त सिफारिसका आधारमा जरुरी पक्राउ पुर्जी जारी गरेर हिजो (शनिबार) बिहान ओली–लेखकलाई पक्राउ गरिएको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?