+
+
Shares

अदालतको आदेश- ओलीको प्रभावकारी उपचारको व्यवस्था गर्नू

आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले ५ दिन म्याद थपको अनुमति दिँदै प्रभावकारी आवश्यक उपचारको व्यवस्था गर्न समेत आदेश जारी गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १५ गते १८:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जिल्ला अदालत काठमाडौंले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रभावकारी आवश्यक उपचारको व्यवस्था गर्न ५ दिन म्याद थपको अनुमति दिएको छ।
  • ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरी अस्पतालमा भर्ना गरिएको छ र उनी भर्चुअल रुपमा इजलासमा उपस्थित भएका थिए।
  • जेनजी आन्दोलनको दमनबारे जाँच आयोगले ओली र गृहमन्त्री लेखकलाई फौजदारी मुद्दामा कारबाही सिफारिस गरेको थियो।

१५ चैत, काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा प्रभावकारी आवश्यक व्यवस्था गर्न आदेश दिएको छ ।

आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले ५ दिन म्याद थपको अनुमति दिँदै प्रभावकारी आवश्यक उपचारको व्यवस्था गर्न समेत आदेश जारी गरेको हो ।

‘प्रतिवादी केपी शर्मा ओली अस्वस्थ भई उपचारार्थ अस्पतालमा रहेको भन्ने समेत निजको प्रभावकारी आवश्यक उपचारको व्यवस्था गर्न समेत यो आदेश गरिदिएको छ,’ न्यायाधीश श्रेष्ठले जारी गरेको आदेशमा उल्लेख छ ।

पक्राउलगत्तै अस्पताल भर्ना भएका ओली भने बिरामी भएका कारण इजलासमा भर्चुअल रुपमा उपस्थित भएका थिए ।

ओलीलाई हिजो (शनिबार) बिहान भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरिएको थियो ।

गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनमा दमन भएको थियो ।

जेनजी आन्दोलनको बेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री थिए भने कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए ।

उक्त आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित आयोगले ओली–लेखकलाई फौजदारी मुद्दामा कारबाही अघि बढाउन सिफारिस गरेको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?