१६ चैत, काठमाडौं । २०८१ माघ अन्तिम सातातिर एमाले लुम्बिनी प्रदेशसभा सदस्य रेखाकुमारी शर्मालाई सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने तयारी थाल्यो ।
शर्मालाई मुद्दा चलाउन नपर्ने राय सहित जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा तयार भएको फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको थियो ।
खासमा सोही वर्ष जेठ १४ गते महानगरपालिकाको टोलीले एउटा सर्भेका क्रममा प्रदेश सांसद शर्माको घरबाट एक बालिकाको उद्धार गरेको थियो । उनले आफू निरन्तर हिंसामा परेको सर्भेका क्रममा बताएपछि महानगरले उनलाई उद्धार गरेको थियो ।
यद्यपि पछि उक्त मुद्दा नचल्नेगरी महान्यायाधिवक्ताको कार्यालयमा फाइल माघको अन्तिमसातातिर पुग्यो ।सोही घटनामा प्रतिक्रिया दिँदै तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर एवं हालका प्रधानमन्त्री बालेन शाहले कुनै दिन समय आउने बताएका थिए ।
तत्काली मेयर शाहले लेखेका थिए, ‘सरी नानु, तिम्रा पीडककाविरूद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनु । समय आउनेछ । यस्तै विभेद, अपराध मास्न अनि ती कुकर्म गर्नेहरूलाई तहलगाउन तिमी र तिमी जस्तै धेरै नानीबाबुले पढ्न पर्छ । समाज बुझ्नपर्छ ।’
उनै सांसद शर्मालाई आइतबार मध्यराति प्रहरी टोलीले काठमाडौंबाट पक्राउ गरेको छ ।
प्रतिक्रिया 4