+
+
Shares

सोनम कपुरले दिइन् दोस्रो सन्तानलाई जन्म

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १६ गते १२:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बलिउड अभिनेत्री सोनम कपुर र उनका पति आनन्द आहूजाले मार्च २९, २०२६ मा दोस्रो सन्तानको रुपमा छोरालाई जन्म दिएका छन्।
  • सोनम र आनन्दले इन्स्टाग्राममार्फत दोस्रो सन्तानको आगमनको जानकारी दिएका छन् र परिवार ठूलो भएको उल्लेख गरेका छन्।
  • सोनम र आनन्दले सन् २०१८ मा विवाह गरेका थिए र सन् २०२२ मा पहिलो सन्तान वायुको जन्म भएको थियो।

मुम्बई । बलिउड अभिनेत्री सोनम कपुर र उनका पति आनन्द आहूजा पुनः आमाबुवा बनेका छन् । सोनमले आइतबार दोस्रो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन् ।

सोनम र आनन्दले इन्स्टाग्राममार्फत पोस्ट गर्दै दोस्रो सन्तान जन्मिएको जानकारी दिएका हुन् । पोस्टमा लेखिएको छ, ‘अत्यन्त कृतज्ञता र मायाले भरिएका हृदयसहित हामी मार्च २९, २०२६ मा हाम्रो छोराको आगमन भएको घोषणा गर्न पाउँदा निकै खुशी छौँ । हाम्रो परिवार अझै ठूलो भएको छ, र उसको आगमनले हाम्रो मन अत्यन्त खुशीले भरिएको छ ।’

परिणीति चोपडा, करिना कपुर, रिया कपूर र हुमा कुरैशीसहित थुप्रै सेलिब्रेटीले यो दम्पतीलाई बधाई दिएका छन् । नवजात शिशुप्रति माया र शुभकामना व्यक्त गरिएको छ । फ्यानले पनि सोनम र आनन्दलाई छोराको जन्मको अवसरमा शुभकामना दिएका छन् ।

सोनमको भेट आनन्दसँग सन् २०१५ मा फिल्म ‘प्रेम रतन धन पायो’ को प्रचारका क्रममा भएको थियो। उनका अनुसार, साथीहरूले उनलाई आनन्दका एक साथीसँग भेट गराउन चाहेका थिए, तर कुरा भने आनन्दसँगै बढी हुन थाल्यो। करिब दुई हप्ता लगातार सन्देश आदानप्रदान गरेपछि दुवै एकअर्काप्रति आकर्षित भएका थिए। पछि सन् २०१८ मा उनीहरूले विवाह गरे।

यसअघि सन् २०२२ मा सोनम र आनन्दका पहिलो सन्तान वायुको जन्म भएको थियो । नोभेम्बर २०२५ मा सोनमले बेबी बम्पको तस्वीर सार्वजनिक गर्दै दोस्रो गर्भावस्थाको जानकारी दिएकी थिइन् ।

यसै वर्ष फेब्रुअरीमा उनीहरूले मुम्बईस्थित आफ्नै घरमा भव्य ‘बेबी सावर’ आयोजना गरेका थिए, जहाँ धेरै कलाकारको उपस्थिति थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?