+

हाई अल्टिच्युड ट्रेनिङ सेन्टरका लागि जग्गा प्राप्त

२०८२ चैत  १६ गते १७:४९ २०८२ चैत १६ गते १७:४९
हाई अल्टिच्युड ट्रेनिङ सेन्टरका लागि जग्गा प्राप्त

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली हाई अल्टिच्युड ट्रेनिङ सेन्टरका लागि जुम्लामा ६ हजार १ सय २० वर्ग मिटर जग्गा प्राप्त भएको छ।
  • जुम्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख कविदत्त न्यौपानेले राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहतालाई जग्गाको लालपुर्जा हस्तान्तरण गरेका छन्।
  • पातारासी गाउँपालिका वडा ३, लोठचौरमा रहेको जग्गा लाउरो बोहरा, गोरबहादुर बोहरा र कुम्भर बोहराले उपलब्ध गराएका हुन्।

१६ चैत, काठमाडौं । कर्णाली हाई अल्टिच्युड ट्रेनिङ सेन्टरका लागि जुम्लामा जग्गा प्राप्त भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहतालाई जुम्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख कविदत्त न्यौपानेले सोको लालपुर्जा सोमबार हस्तान्तरण गरे ।

पातारासी गाउँपालिका वडा ३, लोठचौरमा रहेको उक्त जग्गा लाउरो बोहरा, गोरबहादुर बोहरा र कुम्भर बोहराले उपलब्ध गराएको प्रमुख न्यौपानेले जनाएका छन् ।

जग्गाको क्षेत्रफल ६ हजार १ सय २० वर्ग मिटर रहेको छ ।

हाई अल्टिच्युड ट्रेनिङ सेन्टर

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय