News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेको सचिवालय बैठकले बुधबार दिउँसो ३ बजे पार्टी कार्यालय च्यासलमा संसदीय दलको बैठक बोलाउने निर्णय गरेको छ।
- बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा अन्य पार्टीसँग छलफल गर्ने जिम्मा उपाध्यक्ष रामबहादुर थापा र सचिव पद्मा अर्याललाई दिएको छ।
- एमालेले ओलीको रिहाइको माग गर्दै देशव्यापी विरोध कार्यक्रम सार्वजनिक गरेको छ।
१७ चैत, काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक डाकेको छ । आज मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले बुधबार दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक बोलाउने निर्णय गरेको सचिव महेश बस्नेतले जानकारी दिए ।
बैठक पार्टी कार्यालय च्यासलमै बस्ने उनको भनाइ छ । त्यस्तै आजको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा अन्य पार्टीसँग पनि छलफल गर्ने निर्णय गरेको छ । अन्य पार्टीसँग छलफल र सहकार्य गर्ने जिम्मा उपाध्यक्ष रामबहादुर थापा र सचिव पद्मा अर्याललाई दिइएको बस्नेतको भनाइ छ ।
एमालेले ओलीको रिहाइको माग गर्दै देशव्यापी विरोध कार्यक्रम पनि सार्वजनिक गरेको छ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4