+
+
Shares

जसिता र अनमोल गहिरो प्रेम सम्बन्धमा छन् ?

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १८ गते १३:५८
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री जसिता गुरुङले अभिनेता अनमोल केसीलाई जन्मदिनमा इन्स्टाग्राम स्टोरीमार्फत 'ह्याप्पी बर्थडे टु माई एकेसी' लेख्दै रोमान्टिक भिडियो सेयर गरेकी छन्।
  • जसिताले अनमोलसँगको निकटतालाई सार्वजनिकरुपमा स्वीकार नगरे पनि सामाजिक सञ्जालका पोस्टले उनीहरूको प्रेम सम्बन्ध रहेको संकेत गरेको छ।
  • फिल्म 'फर्की फर्की' पछि यी दुईबीच प्रेम सम्बन्धको चर्चा सुरु भएको थियो र हालको स्टोरीले त्यो हल्लालाई बल मिलाएको छ।

काठमाडौँ । अभिनेत्री जसिता गुरुङ र अभिनेता अनमोल केसीको ‘रिलेसनसिप’को गाइँगुइँ चल्न थालेको धेरै भयो । ‘फर्की फर्की’ फिल्म गरेयता यी दुईको अभिनय रहेको ‘जेरी अन टप’ बक्सअफिसमा हिट रह्यो ।

यी दुईले आफूहरूबीच प्रेम सम्बन्ध रहेको कुरालाई सार्वजनिकरुपमा स्वीकार भने गरेका छैनन् । यद्यपि, कतिपय क्रियाकलाप र सामाजिक सञ्जालका पोस्ट हेर्दा यी दुईजना गहिरो प्रेम सम्बन्धमा रहेको कुरा बुझ्न सकिन्छ ।

यस्तोमा, अनमोलको जन्मदिनमा जसिताले इन्स्टाग्राम स्टोरीमा हालेको भिडियोको अहिले निकै चर्चा भैरहेको छ । जन्मदिनको शुभकामना दिँदै जसिताले अनमोलसँगको रोमान्टिक भिडियो सेयर गर्दै ‘ह्याप्पी बर्थडे टु माई एकेसी’ लेखेकी छन् ।

जसिताको यो इन्स्टा स्टोरीले यी दुईजना प्रेम सम्बन्धमा रहेको कुरा बुझ्न मुस्किल छैन । यो स्टोरीले प्रेमसम्बन्धको हल्लालाई बल मिलेको छ । जसिताले अहिलेसम्म अरुलाई ‘मेरो’ भनेर शुभकामना दिएको जानकारी छैन । उनले जसरी अनमोललाई मेरो भनेर शुभकामना दिएकी छन्, यसले यी दुईबीचको निकटतालाई दर्शाउँछ ।

भिडियो पनि यसको अर्को प्रमाण हो । ‘फर्की फर्की’ मा सहकार्य गर्दादेखि नै यी दुईबीच प्रेम रहेको चर्चा आउन सुरु भैसकेको थियो । यस्तोमा प्रश्न उठ्छ- के जसिता र अनमोल गहिरो प्रेम सम्बन्धमा छन् ?

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?