News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपाका सभापति रवि लामिछानेले संक्रमणकालीन न्यायमा शहीद परिवारको पीडालाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
- उनले न्यायको हतारो आफ्ना सन्तान गुमाएका आमाहरूलाई सबैभन्दा बढी हुने बताए।
- लामिछानेले पार्टीका हरेक निर्णय पारदर्शी र नागरिकको अपेक्षाअनुसार अगाडि बढ्ने प्रतिबद्धता जनाए।
२० चैत, काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले संक्रमणकालीन न्याय र आम न्यायको सन्दर्भमा शहीद परिवारको पीडालाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
उनले न्यायको हतारो सबैभन्दा बढी आफ्ना सन्तान गुमाएका आमाहरूलाई रहेको बताएका हुन् ।
पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिशोध साँधेर पक्राउ गरियो भन्ने आरोप छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले न्यायको हतारो आफ्ना सन्तान गुमाएका बालबालिकाहरूलाई हुने बताए ।
उनले न्याय पाउने पहिलो हक शहीद र घाइते परिवारको भएको दाबी गरे । उनले राजनीतिक रूपमा शहीदका परिवार र आमाहरूको न्यायको हकलाई राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘न्यायको हतारो त घरमा आफ्नो कलिला बालबालिका गुमाएका आमाहरूलाई छ होला नि । त्यो जति हतारो अरू कसैलाई पनि छैन । न्यायको हक सबैलाई छ, तर शहीदको आमाको आँसु पुछ्ने काम सबैभन्दा पहिला हुनुपर्छ । हामी पब्लिक अडिटमा छौँ । हाम्रा हरेक क्रियाकलाप, अभिव्यक्ति, राजनीतिक अभ्यास र निर्णयहरू आम नागरिक सामु छन् ।’
लामिछानेले आफ्नो पार्टी र नेताहरू सधैँ ‘पब्लिक अडिट’ मा रहेको बताए । उनले पार्टीका हरेक गतिविधि, अभिव्यक्ति र राजनीतिक निर्णयहरूलाई नागरिकले नजिकबाट नियालिरहेको बताए ।
उनले रास्वपाले गर्ने हरेक निर्णय पारदर्शी हुनुपर्ने र नागरिकको अपेक्षाअनुसार नै पार्टी अगाडि बढ्ने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया 4