+

ला लिगामा बार्सिलोनालाई ७ अंकको स्पष्ट अग्रता

२०८२ चैत  २२ गते ७:४३ २०८२ चैत २२ गते ७:४३
ला लिगामा बार्सिलोनालाई ७ अंकको स्पष्ट अग्रता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्पेनिस ला लिगामा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई २-१ ले पराजित गरेको छ ।
  • खेलमा एट्लेटिकोले ३९औं मिनेटमा गोल गरेको थियो भने मार्कस रासफोर्डले तीन मिनेटमै बराबरी गोल फर्काए ।
  • बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीले ८७औं मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए ।

२२ चैत, काठमाडौं । स्पेनिस ला लिगामा शीर्षस्थानको बार्सिलोनाले अग्रता फराकिलो बनाएको छ । गएराति भएको खेलमा एट्लेटिको मड्रिडलाई २-१ ले पराजित गर्दै बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँग ७ अंकको स्पष्ट अग्रता कायम गरेको हो।

खेलमा एट्लेटिकोले ३९औं मिनेटमा जियुलियानो सिमियोनेको गोलमार्फत अग्रता लिएको थियो। तर त्यसको तीन मिनेटमै मार्कस रासफोर्डले बराबरी गोल फर्काए।

पहिलो हाफको इन्जुरी समयमा एट्लेटिकोका निको गोन्जालेज रातो कार्ड खाँदै बाहिरिएपछि घरेलु टोली १० खेलाडीमा सीमित भयो।

दोस्रो हाफभर बार्सिलोना आक्रमणमा हाबी रह्यो। अन्ततः ८७औं मिनेटमा अनुभवी फरवार्ड रोबर्ट लेवान्डोस्कीले निर्णायक गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए।

यस जितसँगै बार्सिलोनाको ३० खेलमा ७६ अंक पुगेको छ भने रियल मड्रिड ६९ अंकसहित दोस्रो स्थानमा छ। एट्लेटिको म्याड्रिड भने ५७ अंकसहित चौथो स्थानमै रहेको छ।

गएराति नै भएको खेलमा रियल मालोर्कासँग २-१ ले पराजित हुँदै बार्सिलोनासँग अंकदूरी घटाउने अवसर गुमाएको थियो ।

एट्लेटिको मड्रिड बार्सिलोना रियल मड्रिड स्पेनिस ला लिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय