+

कप्तान पन्तको अविजित अर्धशतकमा लखनउको पहिलो जित

२०८२ चैत  २२ गते २२:३५ २०८२ चैत २२ गते २२:३५
कप्तान पन्तको अविजित अर्धशतकमा लखनउको पहिलो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लखनउ सुपर जायन्टले आईपीएल २०२६ मा पहिलो जित हात पारेको छ।
  • कप्तान ऋषव पन्तले ६८ रन बनाएर अविजित रहेर टोलीलाई १५७ रनको लक्ष्य पूरा गराए।
  • मोहम्मद सामीले ४ ओभरमा २ विकेट लिएर हैदरावादलाई ९ रनमै रोक्न मद्दत गरे।

२२ चैत, काठमाडौं । मोहम्मद सामीको शानदार बलिङ र कप्तान ऋषव पन्तको अविजित अर्धशतकमा लखनउ सुपर जायन्टले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा पहिलो जित हात पारेको छ ।

पन्तले ६८ रन बनाएपछि लखनउले आइतबार भएको पहिलो खेलमा सनराइजर्स हैदरावादलाई ५ विकेटले पराजित गर्दै अंकको खाता खोलेको हो । दुई खेलबाट लखनउको २ अंक छ । हैदराबादको भने यो दोस्रो हार हो र तीन खेलबाट उसको पनि २ अंक नै छ ।

पन्तले अन्तिम ओभरमा जयदेव उनादकाटलाई तीन चौका प्रहार गरेपछि नखलउले १५७ रनको लक्ष्य एक बल अगावै ५ विकेट गुमाएर १६० रन बनाउँदै पूरा गरेको हो ।

५० बल खेलेका पन्तले ९ चौका मदतमा अविजित ६८ रन बनाए । ओपनर एइडन मारक्रमले २७ बलमा ४५ रन बनाउँदा अब्दुल समदले १६, मिचेश मार्शले १४ र आयुस बदोनीले १२ रन योगदान गरे ।
हैदरवादका हर्श दुबेले २ तथा इसान मालिंगा र शिभांग कुमारले समान १ विकेट लिए ।

त्यसअघि घरेलु मैदान राजिव गान्धी इन्टरेनसल स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले हेनरिच क्लासेन र नितिश कुमार रेड्डीको अर्धशतक मद्दतमा ९ विकेट गुमाएर १५६ रन बनाएको थियो ।

२४ रनमै शीर्ष चार ब्याटरलाई गुमाएको हैदराबादका लागि क्लासेन र रेड्डीले पाँचौ विकेटका लागि ११६ रनको साझेदारी गरेका थिए । ट्राभिस हेड ७, अभिषेक शर्मा शून्य, कप्तान इशान किशन १ र लियम लिभिङ्स्टोन १२ रनमा आउट भएपछि सुरुमै हैदराबादको इनिङ्स धर्मराएको थियो । त्यसपछि क्लासेन र रेड्डीले सम्हाले ।

क्लासनेले ४१ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ६२ रन बनाए । रेड्डीले ३३ बलमा ३ चौका र ५ छक्का मदतमा ५६ रन जोडे । लखनउका मोहम्मद शामीले ४ ओभरमा ९ रन मात्र खर्चेर २ विकेट लिए ।

प्रिन्स यादव र आभेष खानले पनि २-२ तथा दिग्वेश राठी र मनिमरन सिद्दार्थले समान १ विकेट लिए ।

आईपीएल २०२६ लखनउ सुपर जायन्ट्स सनराइजर्स हैदरावाद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय