+

तमिम इक्बाल बंगलादेश क्रिकेट बोर्डको नयाँ अध्यक्ष चयन

२०८२ चैत  २४ गते १७:३१ २०८२ चैत २४ गते १७:३१
तमिम इक्बाल बंगलादेश क्रिकेट बोर्डको नयाँ अध्यक्ष चयन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बंगलादेश सरकारले बंगलादेश क्रिकेट बोर्डको वर्तमान कार्यसमिति भंग गर्दै पूर्वक्रिकेटर तमिम इकबाललाई नयाँ अध्यक्ष नियुक्त गरेको छ ।
  • अमिनुल इस्लाम नेतृत्वको बोर्डलाई निर्वाचनमा अनियमितता भेटिएपछि पाँच सदस्यीय छानबिन समितिको सिफारिसपछि हटाइएको हो ।
  • तमिमले ११ सदस्यीय एड–हक समितिको नेतृत्व गर्नेछन् ।

२४ चैत, काठमाडौं । बंगलादेश सरकारले बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) को वर्तमान कार्यसमिति भंग गर्दै पूर्वक्रिकेटर तमिम इकबाललाई नयाँ अध्यक्ष नियुक्त गरेको छ ।

मंगलबार गरिएको निर्णय अनुसार अमिनुल इस्लाम नेतृत्वको बोर्डलाई गत अक्टोबरमा भएको निर्वाचनमा विभिन्न अनियमितता गरेको भेटिएपछि हटाइएको हो । पाँच सदस्यीय छानबिन समितिको सिफारिसपछि सरकारले यस्तो कदम चालेको हो ।

३७ वर्षीय तामिम बीसीबीको सबैभन्दा कम उमेरका अध्यक्ष बनेका छन् । उनले ११ सदस्यीय एड–हक समितिको नेतृत्व गर्नेछन्, जसमा पूर्व कप्तान मिन्हाजुल आबेदिन र पूर्व खेलाडी तथा कमेन्टेटर अथर अली खान पनि रहेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्ले उक्त बोर्ड सही तरिकाले गठन नभएको र प्रभावकारी रूपमा काम गर्न नसकेको भन्दै भंग गरिएको जनाएको छ। यसबारे अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई जानकारी गराइएको छ भने उक्त निर्णयलाई समर्थन गर्ने अपेक्षा समेत बीसीबीले गरेको छ ।

यसअघि बोर्डभित्र विवाद बढ्दै गएको, निर्वाचनको वैधतामाथि प्रश्न उठेको, तथा केही निर्देशकहरूले राजीनामा दिएपछि दबाब बढेको थियो ।

-क्रिकइन्फोबाट

तमिम इक्बाल बंगलादेश क्रिकेट बोर्ड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय