+
+
Shares

सार्वजनिक यातायात भाडा बढाइँदै

इन्धनको मूल्यमा भएको वृद्धिसँगै यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २५ गते १४:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले इन्धन मूल्य वृद्धिसँगै सार्वजनिक यातायातको भाडा दर समायोजन गर्ने तयारी गरेको छ।
  • भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागलाई भाडा वृद्धि गर्न सहमति दिएको छ।
  • मन्त्रालयले यात्रुबहाक सवारीमा १६.७१%, पहाडी मालवहाकमा २१.६८%, तराई मालवहाकमा १५.७५% भाडा वृद्धि गर्न सहमति दिएको छ।

२५ चैत, काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा दर बढाउने तयारी गरेको छ ।

इन्धनको मूल्यमा भएको वृद्धिसँगै भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागलाई भाडा समायोजन गर्न सहमति दिएको हो । विभागका एक उच्च अधिकारीका अनुसार मन्त्रालयको सहमतिअनुसारको भाडा दर समायोजनको निर्णय आजै गर्ने तयारी छ ।

उनका अनुसार नेपालमा इन्धनको मूल्यमा भएको वृद्धिकै अनुपातमा भाडा वृद्धि गर्ने तयारी छ । मन्त्रालयले यात्रुबहाक सवारीसाधनको हकमा १६.७१ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवहाक सवारीको २१.६८ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवहाक सवारीको हकमा १५.७५ प्रतिशत भाडा वृद्धि गर्न सहमति दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?