News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारी अनलाइन प्रणालीमा अनाधिकृत पहुँच गरी विभिन्न परियोजनाको ठेक्काको विवरण हेरफेर गरेको आरोपमा ६ जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेहरूमा दिवाकर देउजा, भरत धामी, सञ्जय भट्ट, भाष्करराज अर्याल, सागर कटुवाल र जीवनकुमार दास रहेका छन्।
- प्रहरी प्रधान कार्यालय, साइबर ब्युरो र केन्द्रीय अनुसन्धान ब्युरोको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरी संगठित अपराध निवारण ऐन २०७० अन्तर्गत अनुसन्धान गरिरहेको छ।
२५ चैत, काठमाडौं । विभिन्न परियोजनाको ठेक्काको अनलाइन प्रणालीको विवरण नै हेरफेर गरेको आरोपमा ६ जना पक्राउ परेका छन् ।
सार्वजनिक खरिद अनुगमन कार्यालयको अनलाइन प्रणालीमा अनाधिकृत पहुँच पुर्याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको उजुरीको आधारमा ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा दिवाकर देउजा, भरत धामी, सञ्जय भट्ट, भाष्करराज अर्याल, सागर कटुवाल, जीवनकुमार दास रहेका छन् । उनीहरूलाई प्रहरी प्रधान कार्यालय, साइबर ब्युरो र केन्द्रीय अनुसन्धान ब्युरोको संयुक्त टोलीले पक्राउ गरेको हो ।
उनीहरूमाथि संगठित अपराध निवारण ऐन २०७० अन्तर्गत कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4