+
+
Shares

ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार, त्यसबेलासम्म अस्पतालमै राख्ने तयारी

उपचारमा संलग्न चिकित्सकका अनुसार सोमबारका लागि शल्यक्रियाको योजना बनाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २६ गते १२:३३
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने तयारी गरिएको छ।
  • ओलीलाई १४ चैतमा गिरफ्तार गरिएको थियो र स्वास्थ्य परीक्षणपछि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।
  • सर्वोच्च अदालतले २६ चैतभित्र ओली र रमेश लेखकमाथिको अनुसन्धान टुंग्याउन आदेश दिएको छ।

२६ चैत, काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने तयारी गरिएको छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार सोमबारका लागि शल्यक्रियाको योजना बनाइएको छ ।

‘अहिले स्वास्थ्य अवस्था स्थिर छ । हामीले शल्यक्रियाको तयारी सोमबारलाई योजना बनाएका छौं,’ ती चिकित्सकले अनलाइनखबरसँग भने, ‘ सायद त्यसभन्दा अगाडि डिस्चार्ज हुन हुन्न होला ।’

शल्यक्रियाबारे ओलीसँग छलफलपछि निर्णय लिइने ती चिकित्सकले बताए ।

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा गृहमन्त्री सुदन गुरुङले उनलाई गिरफ्तार गर्न प्रहरीलाई निर्देशन दिएका थिए । प्रहरीले यथेष्ट कारण देखाउँदै लिखित पत्र दिनुपर्ने भनेपछि १४ चैत मा ओलीलाई गुण्डु निवासबाट प्रहरीले पक्राउ गरेको थियो ।

पिता मोहनप्रसादको देहान्तपछि घरमा क्रियाकर्म गरिरहेका ओलीको स्वास्थ्य कमजोर बनेको थियो । त्यसअघि उनी निरन्तरको चुनावी धपेडीमा थिए । ओलीको गिरफ्तारीपछि प्रहरीले स्वास्थ्य परीक्षणका लागि अस्पताल लगेको थियो । आकस्मिक कक्षमा प्रारम्भिक केही परीक्षण भयो । त्यस परीक्षणका क्रममा ओलीको मुटुको धड्कनमा समस्या देखिएको थियो । त्यसपछि उनलाई शिक्षण अस्पतालको एनेक्स– १’ को बेड नम्बर ५०१ भर्ना गरिएको थियो ।

ओलीको गिरफ्तारी लगत्तै ओलीकी पत्नी राधिका गैरकानुनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।

सर्वोच्च अदालतले २३ चैत बेलुका पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान २६ चैत बिहीबारभित्र टुंग्याउन आदेश दिएको थियो ।

सर्वोच्चले बिहीबारसम्म पनि अनुसन्धान टुंगिन नसकेमा शर्तसहित छाड्न आदेश दिएको थियो ।

प्रहरीले पनि नियन्त्रणमुक्त गरेपछि ओली पत्नी राधिका शाक्य त्रिवि शिक्षण अस्पताल पुगेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?