+

दशरथ रंगशालामा हुने १४औं राष्ट्रिय रग्बी सेभेन्सको तयारी पूरा

२०८२ चैत  २७ गते १४:४८ २०८२ चैत २७ गते १४:४८
दशरथ रंगशालामा हुने १४औं राष्ट्रिय रग्बी सेभेन्सको तयारी पूरा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको दशरथ रंगशालामा चैत २८ र २९ गते राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष प्रतियोगिता हुने छ ।
  • प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ सात/सात टोलीले सहभागिता जनाउने छन् ।
  • प्रतियोगिताबाट आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि राष्ट्रिय टोली छनोट गरिने रग्बी संघले जनाएको छ ।

२७ चैत, काठमाडौं । काठमाडौंको दशरथ रंगशालामा यही चैत २८ र २९ गते हुने राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष प्रतियोगिताको तयारी पूरा भएको छ ।

आयोजक नेपाल रग्बी संघले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो ।

प्रतियोगिताको पुरुषतर्फ एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको टोलीले सहभागिता जनाउने छन्।

त्यस्तै महिलातर्फ एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश, सुदूरपश्चिम प्रदेश र कोशी प्रदेशका टिमहरू प्रतिस्पर्धामा रहनेछन् ।

टिमहरूलाई २-२ पोलमा विभाजन गरी प्रतियोगिता लिग कम नकआउटका आधारमा खेलाइनेछ ।

प्रतियोगिताको अनुमानित खर्च ३० लाख रुपैयाँ रहेको छ भने खेलाडीका लागि १ लाख २५ हजार बराबरको दुर्घटना बीमा गरिएको जनाइएको छ ।

च्याम्पियन महिला र पुरुष टोलीले समान ५० हजार रुपैयाँसहित ट्रफी जित्नेछन् भने उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।  उत्कृष्ट एक–एक महिला र पुरुष खेलाडीलाई ५ हजार रुपैयाँसहित सम्मान गरिनेछ ।

यस प्रतियोगिताबाट आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि राष्ट्रिय टोली छनोट पनि गरिने संघले जनाएको छ । जापानमा हुने २०औं एसियाली खेलकुद र ताईवानमा हुने एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीका लागि खेलाडी छनोट यसै प्रतियोगिताको आधारमा गरिने भएको हो ।

राष्ट्रिय रग्बी सेभेन्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय