News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ।
- सत्तारुढ दल रास्वपाले पनि ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ।
- आज उपसभामुख पदको निर्वाचन हुँदैछ जसमा ठाकुर र राप्रपाकी सरस्वती लामाको उम्मेदवारी छ।
२७ चैत, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ ।
आज बसेको कांग्रेस संसदीय दलको बैठकले ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ । उनलाई सत्तारुढ दल रास्वपाले पनि समर्थन गर्ने निर्णय गरेको छ ।
२५ वर्षकी ठाकुर श्रम संस्कृतिबाट समानुपातिकतर्फकी सांसद हुन् ।
आज उपसभामुख पदको निर्वाचन हुँदैछ । उक्त पदमा ठाकुर र राप्रपाकी सरस्वती लामाको उम्मेदवारी परेको छ । लामालाई राप्रपाको एकल समर्थन र प्रस्ताव छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4