+
+
Shares

पाटनमा दाजुभाइको हत्या गर्नेलाई नियन्त्रणमा लिने प्रहरी पुरस्कृत

बुधबार राति ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा दाजुभाइको हत्यामा संलग्नलाई नियन्त्रणमा लिन सफल महिला प्रहरी र जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुखलाई नगदसहित पुरस्कृत गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २७ गते १८:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुधबार राति ललितपुरको कृष्ण मन्दिर परिसरमा दाजुभाइ सिर्जन नेम्बाङ र सुमीत नेम्बाङको हत्या गर्ने अभियुक्तलाई महिला प्रहरी र जिल्ला प्रहरी प्रमुखले नियन्त्रणमा लिए।
  • जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख होविन्द्र बोगटीलाई नेतृत्वदायी भूमिका खेलेको भन्दै नगदसहित पुरस्कृत गरिएको छ।
  • काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख ईश्वर कार्कीको उपस्थितिमा पुरस्कार प्रदान गरिएको प्रहरीले जनाएको छ।

२७ चैत, काठमाडौं । बुधबार राति ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा दाजुभाइको हत्यामा संलग्नलाई नियन्त्रणमा लिन सफल महिला प्रहरी र जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुखलाई नगदसहित पुरस्कृत गरिएको छ ।

बुधबार राति ७:४० बजे ललितपुरको कृष्ण मन्दिरमा सिर्जन नेम्बाङ र सुमीत नेम्बाङको हत्या गरी हतियारसहित भाग्दै गरेका अभियुक्तहरूलाई एक्लै लखेटी नियन्त्रण लिई साहसिक काम गरेको र समग्रमा उक्त घटनामा नेतृत्वदायी भूमिका खेलेको भन्दै जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख होविन्द्र बोगटीलाई नगदसहित पुरस्कृत गरिएको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको उपस्थितिमा पुरस्कार प्रदान गरिएको प्रहरीले जनाएको छ ।

बुधबार फोन सम्वादमा भएको विवादले उग्र रुप लिँदा नेम्बाङ दाजुभाइमाथि सञ्जीव नेपालीले हतियार प्रहार गरी हत्या गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?