News Summary
Generated by OK AI. Editorially reviewed.- स्पेनिस ला लिगामा रियल मड्रिडले गिरोनासँग १–१ को बराबरी खेलेपछि उपाधि दौडमा कमजोर बनेको छ ।
- फेडेरिको भालभर्डेले अग्रता दिलाए पनि थोमस लेमारले बराबरी गोल फर्काए ।
- बार्सिलोनाले जित हात पार्दा रियलसँगको अंकदूरी ९ पुग्नेछ ।
२८ चैत, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले गिरोनासँग १–१ को बराबरी खेलेपछि उपाधि दौडमा थप कमजोर बनेको छ।
घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा फेडेरिको भालभर्डेले ५१औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । तर थोमस लेमारले ६२औं मिनेटमा बराबरी गोल फर्काए ।
यस बराबरीसँगै रियलको लगातार तेस्रो खेल जितविहीन रह्यो । अब शीर्ष स्थानमा रहेको बार्सिलोनाले आफ्नो खेलमा जित हात पारेमा अंकदूरी अझ बढ्नेछ ।
हाल बार्सिलोनाको ३० खेलमा ७६ अंक छ । रियलको ३१ खेलमा ७० अंक मात्र छ । बार्सिलोना विजयी भएमा ९ अंकको अग्रता हुनेछ । गिरोना ३१ खेलमा ३८ अंकसहित १२औं स्थानमा छ ।
रियलका स्टार खेलाडीहरू किलियन एमबाप्पे, भिनिसियस जुनियर र जुड बेलिङहमले अपेक्षित प्रदर्शन गर्न सकेनन् ।
प्रतिक्रिया 4