२८ चैत नुवाकोट । नुवाकोटको बेलकोटगढीमा रुख काट्ने क्रममा हाँगा लागेर एकजनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
बेलकोटगढी नगरपालिका–९ नलगाउँस्थित आलडाँडामा शनिबार बिहान काटेको रुख ढल्ने क्रममा हाँगा लागेर स्थानीय ३३ वर्षिय प्रेमबहादुर तामाङ मृत्यु भएको हो ।
तामाङ आफ्नै बारीमा रहेको कुटमिरोको रुख काटिरहेका ेबला उक्त घटना भएको बाघखोर प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक(असई) रूपक थापाले जानकारी दिए । उनका अनुसार रुख काट्न सघाइरहेका अन्य दुई जना घाइते भएका हुन् ।
घाइते हुनेमा बेलकोटगढी नगरपालिका–१० का माधव भुजेल र अरुण तामाङ छन् । उनीहरू अवस्था पनि गम्भीर छ । दुवै जनालाई उपचारका लागि अस्पताल पठाइएको छ ।
प्रतिक्रिया 4