+

एचजेएनबीएल : आर्मीविरुद्ध बदला लिँदै गोल्डेनगेटले जित्यो उपाधि

२०८२ चैत  २८ गते २०:१५ २०८२ चैत २८ गते २०:१५
एचजेएनबीएल : आर्मीविरुद्ध बदला लिँदै गोल्डेनगेटले जित्यो उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोल्डेनगेट बास्केटबल क्लबले हिमालयन जाभा नेशनल बास्केटबल लिग २०२६ को फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ९५-७४ ले हराएर उपाधि जितेको छ।
  • फाइनलमा गोल्डेनगेटले पहिलो क्वाटरदेखि दबाब बनाउँदै हाफटाइमसम्म ४१-२६ को अग्रता बनाएको थियो र अन्ततः १७ अंकको अन्तरले जित निकालेको हो।
  • प्रतियोगितामा आठ टोली सहभागी थिए र विजेताले ट्रफीसँगै नगद ४ लाख प्राप्त गरेको छ भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पारेका छन्।

२८ चैत, काठमाडौं । गोल्डेनगेट बास्केटबल क्लबले हिमालयन जाभा नेशनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ को उपाधि जितेको छ ।

विभागीय टोली त्रिभुवन आर्मी क्लब विरुद्ध यसअघिको तीन हारको बदला लिँदै गोल्डेनगेट च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शनिबार भएको फाइनलमा गोल्डेनगेटले आर्मीलाई ९५-७४ ले हरायो ।

यसअघि लिग चरणमा दुई र पहिलो क्वालिफायरमा गरि आर्मीले तीनपटक गोल्डेनगेटलाई पराजित गरेको थियो । तर फाइनलमा भने गोल्डेनगेटले आर्मी विरुद्ध सुरुवातदेखि नै दबाब बनाउँद‌ै जित निकालेको हो ।

गोल्डेनगेटले पहिलो क्वाटरमा २४-१४ को अग्रता बनाएको थियो । दोस्रो क्वाटर पनि गोल्डेनगेटले १७-१२ ले आफ्नो पक्षमा पार्दै हाफटाइमसम्म ४१-२६ को अग्रता बनायो ।

तेस्रो क्वाटर निकै प्रतिस्पर्धात्मक बनेको थियो । आर्मीले अंकदूरी घटाउने प्रयास गरेपनि तेस्रो क्वाटर गोल्डेनगेटले २७-२५ ले आफ्नो पक्षमा पार्दै अन्तिम क्वाटरअघि १७ अंकको अग्रता बनायो ।

गोल्डेनगेटले चाैथो क्वाटर २७-२३ ले आफ्नो पक्षमा पार्दै ९५-७४ ले खेल जितेको हो । फाइनल खेलको म्यान अफ दि म्याच गोल्डेनगेटका जाइन खान घोषित भए ।

यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका गोल्डेनगेटका निकेश रख्याल मगर लिगकै मोस्ट भ्यालुएबल प्लेअर (एमभीपी) घोषित भए ।

नेपाल बास्केटबल संघ (नेबा) को आयोजना तथा हिमालयन जाभाको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा कुल ८ टोलीको सहभागिता थियो ।

डबल राउण्ड रोविन प्रणालीमा सञ्चाल भएको लिगमा शीर्ष चार टोलीले प्लेअफ खेलेका थिए ।

प्रतियोगिताको विजेता गोल्डेनगेटले ट्रफीसँगै नगद ४ लाख प्राप्त गरेको छ भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्यो ।

यसअघि पहिलो संस्करणमा विजेता बनेको टाइम्स बास्केटबल क्लब यसपटक तेस्रो स्थानमा सीमित भयो ।

एचजेएनबीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय