+

कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय करातेमा ७ स्वर्णसहित पुलिस च्याम्पियन

२०८२ चैत  २९ गते ८:४८ २०८२ चैत २९ गते ८:४८
कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय करातेमा ७ स्वर्णसहित पुलिस च्याम्पियन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पुलिस क्लबले पाँचौं कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा ७ स्वर्णसहित टिम च्याम्पियन बनेको छ ।
  • सशस्त्र प्रहरी बलले ६ स्वर्णसहित दोस्रो र त्रिभुवन आर्मी क्लबले ४ स्वर्णसहित तेस्रो स्थान हासिल गरेको छ ।
  • प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टिमका २१० खेलाडीले १७ इभेन्टमा प्रतिस्पर्धा गरेका थिए ।

२८ चैत, काठमाडौं । नेपाल पुलिस क्लब पाँचौं कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको टिम च्याम्पियन बनेको छ ।

पुलिसले ७ स्वर्ण, ३ रजत र ३ कास्यसहित कुल १३ पदक जित्दै उपाधि हात पारेको हो । सशस्त्र प्रहरी बल (एपीएफ) ६ स्वर्ण, ३ रजत र ४ कास्यसहित दोस्रो तथा त्रिभुवन आर्मी क्लब ४ स्वर्ण, ६ रजत र १ कास्यसहित तेस्रो स्थानमा रहे ।

सातदोबाटोस्थित कराते एकेडेमीमा शनिबार सबै १७ इभेन्टका फाइनल खेल सम्पन्न भएका थिए ।

पुरुष ५० केजीमा पुलिसका राकेश मानन्धरले गण्डकीका बमिन गुरुङलाई ६–१ ले हराउँदै स्वर्ण जिते । पुरुष ८४ केजी मुनि एपीएफका मोहम्मद शेखु आलमले कृष्ण बुढा मगरलाई ७–० ले हराउँदै स्वर्ण जिते ।

महिला ६८ केजी मुनि पुलिसकी आशिका राईले आर्मीकी सम्पदा केसीलाई १–० ले पराजित गर्दै स्वर्ण हात पारिन् । महिला ४५ केजी मुनि पुलिसकी वर्षा बुढा मगरले एपीएफकी आस्था लुहारलाई ९–० ले हराउँदै स्वर्ण जितिन् ।

पुरुष ५५ केजीमा एलोन श्रेष्ठले बागमतीका निशान घिसिङलाई ६–४ ले हराउँदै च्याम्पियन बने । महिला ५० केजी मुनि एपीएफकी अन्जली महर्जनले पार्वती श्रेष्ठलाई ९–१ ले हराउँदै स्वर्ण जितिन् ।

पुरुष ६० केजी मुनि एपीएफका मीनबहादुर तामाङले रितेश थिङलाई ७–० ले पराजित गरे । महिला ५५ केजी मुनि आर्मीकी प्रियंका शाहीले सविना श्रेष्ठलाई ७–२ ले हराउँदै स्वर्ण जितिन् ।

पुरुष ६७ केजी मुनि एपीएफका प्रदीप बैजाली मगरले सन्तोष श्रेष्ठलाई ५–२ ले हराए । महिला ६१ केजी मुनि पुलिसकी निरुपा तामाङ दोङले श्रद्धा सुनारलाई ८–३ ले हराइन् ।

पुरुष ७५ केजी मुनि आर्मीका सिबु ओडले राजीव पुडासैनीलाई हराउँदै स्वर्ण जिते । महिला ६८ केजीमाथि आर्मीकी श्रद्धा थापाले महिमा राईलाई ८–७ ले हराउँदै स्वर्ण हात पारिन् ।

पुरुष ८४ केजीमा तेन्जिङ शेर्पाले सुरेश जापरेललाई ९–० ले पराजित गर्दै स्वर्ण जिते ।

पुरुष एकल कातामा पुलिसका स्वनिम मानन्धर लगातार चौथो पटक च्याम्पियन बने । उनले फाइनलमा प्रविण मानन्धरलाई हराए । महिला एकल कातामा आर्मीकी सानुमाया थिङ च्याम्पियन बनिन् ।

टिम कातातर्फ महिला र पुरुष दुवै विधामा पुलिस च्याम्पियन बन्यो ।

महिला तर्फ पुलिसकी वर्षा बुढा मगर र पुरुषतर्फ एपीएफका प्रदीप बैजाली मगर ‘बेस्ट फाइटर’ घोषित भए । उनीहरूले जनही २५ हजार रुपैयाँ प्राप्त गरे ।

उदीयमान खेलाडी महिला तर्फ कोशीकी सृजना खुलाल र पुरुषतर्फ सुदूरपश्चिमका विष्णु विक घोषित भए ।

टिम च्याम्पियन पुलिसले ट्रफीसहित १ लाख ५० हजार, एपीएफले ७५ हजार र आर्मीले ३५ हजार रुपैयाँ प्राप्त गरे ।

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलगायतले विजेता खेलाडीलाई पुरस्कृत गरेका थिए ।

बिहीबारदेखि सुरु भएको प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टिमका २१० खेलाडीले फाइट र काता गरी १७ इभेन्टमा प्रतिस्पर्धा गरेका थिए ।

कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय