News Summary
Generated by OK AI. Editorially reviewed.- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरिका विमानस्थललाई सरसफाई र अत्यावश्यक सुविधा सम्पन्न गर्न निर्देशन दिएको छ।
- मन्त्रालयले सबै विमानस्थलभित्र स्तनपान कक्षको व्यवस्था गर्न र स्यानिटरी प्याड नि:शुल्क वितरण गर्न भनेको छ।
- त्रिभुवन, भद्रपुर र तुम्लिङटार विमानस्थलका तस्वीर मन्त्रालयले सामाजिक सञ्जालमा सार्वजनिक गरिसकेको छ।
२९ चैत, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनपछि देशभरिका विमानस्थलले आफ्नो परिसरलाई सरसफाई र अत्यावश्यक सुविधा सम्पन्न गराउँदै गरेका तस्वीर तथा भिडियो पठाउन थालेका छन् ।
मन्त्रालयले सामाजिक सञ्जालबाट ती तस्वीर सार्वजनिक समेत गर्न थालेको छ । त्रिभुवन विमानस्थलसहित देशभरिका अन्य आन्तरिक विमानस्थलले समेत यस्ता तस्वीर र भिडियो पठाइरहेका छन् । मन्त्रालयले सबै विमानस्थलभित्र स्तनपान कक्षको व्यवस्था गर्न भनेको छ ।
साथै स्यानिटरी प्याड नि:शुल्क वितरण गर्न समेत निर्देशन दिएको छ । विमानस्थलको शौचालय र अन्य क्षेत्रलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार सफा राख्न समेत निर्देशन दिएको थियो । सोही अनुसार भद्रपुर, त्रिभुवन विमानस्थल, तुम्लिङटार विमानस्थलको तस्वीर मन्त्रालयले सार्वजनिक गरिसकेको छ ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4