+

राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : महिलातर्फ पनि उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

२०८२ चैत  २९ गते १४:०३ २०८२ चैत २९ गते १४:०३
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : महिलातर्फ पनि उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय रग्बी सेभेन्स महिला च्याम्पियनसिपको फाइनल त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबबीच हुने भएको छ।
  • सेमिफाइनलमा एपीएफ क्लबले बागमती प्रदेशलाई ३९–० र त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ३६–० ले पराजित गरेका छन्।
  • पुरुषतर्फ पनि उपाधिका लागि त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब भिड्ने भएका छन् र विजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

२९ चैत, काठमाडौं । राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष च्याम्पियनसिप–२०२६ अन्तर्गत महिलातर्फको फाइनल समिकरण पनि पूरा भएको छ ।

उपाधिका लागि विभागीय दुई बलिया टोली त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब आमनेसामने हुने भएका छन् ।

नेपाल रग्बी संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी प्रतियोगितामा दुवै टोलीले सेमिफाइनलमा एकतर्फी प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेका हुन् ।

पहिलो सेमिफाइनलमा एपीएफ क्लबले बागमती प्रदेशमाथि ३९–० को शानदार जित दर्ता गर्‍यो । दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ३६–० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्‍यो ।

अब उपाधिका लागि आर्मी र एपीएफबीचको रोमाञ्चक फाइनल खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।

समूह चरणमा बागमती प्रदेश समूह ‘ए’ को विजेता तथा कर्णाली प्रदेश उपविजेता बन्दै सेमिफाइनलमा पुगेका थिए। यता समूह ‘बी’ बाट आर्मी विजेता र एपीएफ उपविजेता बनेका थिए ।

यसअघि पुरुषतर्फ पनि उपाधिका लागि त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब नै भिड्ने भएका छन् ।

तेस्रो स्थानका लागि पुरुषतर्फ कोशी प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ भने महिलातर्फ बागमती प्रदेश र कर्णाली प्रदेश आमनेसामने हुनेछन् ।

प्रतियोगितामा महिला तथा पुरुष दुवै विधाका विजेताले ५० हजार रुपैयाँ तथा उपविजेताले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

साथै उत्कृष्ट महिला र पुरुष खेलाडीले समान ५–५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

राष्ट्रिय रग्बी सेभेन्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय