+

एनभीए अवार्डमा पुलिस र न्यु डायमण्ड हावी, पहल र सुमित्रा वर्ष खेलाडी

२०८२ चैत  ३० गते २२:५९ २०८२ चैत ३० गते २२:५९
एनभीए अवार्डमा पुलिस र न्यु डायमण्ड हावी, पहल र सुमित्रा वर्ष खेलाडी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल भलिबल संघले आयोजना गरेको छैटौं एनभीए अवार्डमा नेपाल पुलिस क्लब र न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले समान ३–३ अवार्ड जितेका छन्।
  • पुरुषतर्फ पुलिसका पहल गहतराज र महिलातर्फ न्यु डायमण्डकी सुमित्रा रेग्मी वर्ष उत्कृष्ट खेलाडी घोषित भए र जनही ५० हजार रुपैयाँ पाए।
  • माल्दिभ्समा भएको काभा यू–१९ महिला भलिबल च्याम्पियनसिपमा रजत जितेको नेपाली टोलीलाई ६ लाख रुपैयाँसहित विशेष सम्मान प्रदान गरिएको थियो।

३० चैत, काठमाडौं । नेपाल भलिबल संघले आयोजना गरेको छैटौं एनभीए अवार्डमा नेपाल पुलिस क्लब र न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले वर्चस्व जमाएका छन् ।

वर्ष उत्कृष्ट खेलाडी पुरुषतर्फ पुलिसका पहल गहतराज र महिलातर्फ न्यु डायमण्डकी सुमित्रा रेग्मी घोषित भए । उनीहरूले जनही ५० हजार रुपैयाँ प्राप्त गरे ।

पुलिस र न्यु डायमण्डले समान ३–३ अवार्ड जिते । पुरुषतर्फ पुलिसका चन्द्र कुँवर उत्कृष्ट प्रशिक्षक र पुलिस उत्कृष्ट टिम घोषित भयो । महिलातर्फ न्यु डायमण्डका कुमार राई उत्कृष्ट प्रशिक्षक र न्यु डायमण्ड उत्कृष्ट टिम बन्यो । उत्कृष्ट टिमले २–२ लाख रुपैयाँ पाए ।

उदीयमान (इमर्जिङ) खेलाडी पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका विवश थापा र महिलातर्फ एभरेष्ट भलिबल क्लबकी मिना सुनार घोषित भए। उनीहरूले पनि जनही ५० हजार रुपैयाँ पाए।

यस्तै, माल्दिभ्समा भएको काभा यू–१९ महिला भलिबल च्याम्पियनसिपमा रजत जितेको नेपाली टोलीलाई विशेष सम्मानसहित ६ लाख रुपैयाँ प्रदान गरियो।

प्रशिक्षक जगदीश भट्ट र भरत यादव तथा खेल पत्रकार श्रीविक्रम भण्डारीलाई पनि सम्मान गरिएको थियो ।

छैटौं एनभीए अवार्ड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय